काठमाडौँ माघ १२ , हिजो नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनिस अन्सारीसहित चारजनालाई महानगरिय प्रहरी परिसर काठमाडौँले बरामद पैत्तीस लाख नक्कली भारतीय रुपैयाँ सहित आज सार्वजनिक गरेको छ । प्रहरीले अन्सारीसहित पाकिस्तानी नागरिक मसुद आलम, ओखलढुङ्गा घर भई सीतापाइला बस्दै आएका दिनेश आले, रौतहट घर भई ललितपुरको ताल्छीखेल बस्ने सोहेल खानलाई सार्वजनिक गरेको हो ।