मङ्लबार, अशोज १६, २०८०

डीन नियुक्तिको निर्णय फिर्ता लिन शिक्षामन्त्रीको निर्देशन, चिकित्सक संघ पनि आन्दोलित

काठमाडौँ माघ   ५, शिक्षामन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयलाई चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीलाइ डीनको नियुक्तिको madhav-poudelनिर्णय यथाशीघ्र फिर्ता लिन यसअघि दिइएको मौखिक निर्देशनको पालना नभएपछि मन्त्री पौडेलले पत्रमार्फत् आज निर्देशन दिनुभएको छ ।
त्यस्तै मन्त्री पौडेलले यही माघ ४ गते विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा शिक्षण अस्पतालमा उत्पन्न समस्याको समाधान र उचित व्यवस्थापन गरी डा। केसीको जीवन रक्षाका लागि आग्रह गरिएको बताउँदै यसबीचमा कुनै व्यवस्थापन नभएकाले त्रिवि ऐन, २०४९ को दफा १७ को उपदफा ३ बमोजिम सहकूलपतिका हैसियतले आफूले लिखित पत्राचार गरेको बताउँनु भएको छ । अनसनप्रति ऐक्यवद्धता जनाउँदै चिकित्सक संघले सबै अस्पतालमा हड्तालको आह्वान गरेपछि शिक्षामन्त्री आज सो निर्देशन दिनुभएको हो ।

नेपाल चिकित्सक संघको स्वास्थ्य सेवा ठप्पपार्ने चेतावनी 

यसैवीच नेपाल चिकित्सक संघले विगत नौ दिनदेखि आमरण अनसनमा रहेका प्रा.डा.गोविन्द केसीले उठाएको सात बुँदे माग पुरा नभए आकस्मिकसहित सबै imageसेवा अनिश्चितकालको लागि ठप्प पार्ने चेतावनी दिएको छ । संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपाली जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने संबैधानिक अधिकारलाई सुनिश्चित गर्न सात बुँदे मागको कार्यान्वयन आवश्यक भएको तर्क गर्दै सरकारले तत्काल माग पुरा नगरे अनिश्चितकालीन रुपमा सम्पूर्ण स्वास्थ्य सेवा ठप्पपार्ने चेतावनी दिए । सात दिनसम्म समस्या समाधानको लागि सम्बन्धित निकायसँग वार्ताको प्रयास गर्दा पनि बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको दाबी गर्दै आफूहरुको माग विश्व स्वास्थ्य संगठन मान्यता अनुसार भएको बताए ।
५ प्रतिशत स्वास्थ्य कर हटाउनु पर्छ, सर्वसाधारणको निःशुल्क स्वास्थ्य सुविधाको अधिकार सुनिश्चित गर्नु पर्छ, उनले भने, चिकित्सकको दरवन्दी थप्नु पर्छ, मेडिकल अध्ययनको सिलिङ तोकिनु पर्छ भन्ने माग गैर जिम्मेवार होइन भन्दै डा केसीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031