
काठमाडौँ माघ ६, त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेलगायतका विभिन्न सात सूत्रीय माग राखी आमरण अनशनमा बसिरहनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ ।
उहाँको स्वास्थ्य अवस्था ‘क्रिटिकल’तर्फ उन्मुख भएको छ । चिकित्साका भाषामा ‘क्रिटिकल’ भन्नु भनेको बिरामीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ । उहाँलाई अक्सिजन र स्ल्याइनले मात्र बचाइराखेको छ” प्राडा केसीका उपचारमा संलग्न चिकित्सक प्राडा सुभास आचार्यले बताउँनु भएको छ । डा केसी पौष २७ गते देखि अनसनमा बस्दै आउनुुभएको छ । यसैबीच, केसीको जीवनरक्षा माग गर्दै विभिन्न संस्थाले आज माइतीघर मण्डला अगाडि एक घण्टा धर्ना दिएका छन् ।