शुक्रबार, मंसिर १५, २०८०
Dashain

छुट्टै प्रतिवेदन ल्याउने तयारीमा भट्टराई र श्रेष्ठ

 काठमाडौं पौष २१,  एमाओवादी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले ल्याउने राजनीतिक प्रतिवेदन हेरेर चित्त नबुझे छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने रणनीति बनाएका छन्। आगामी साता बस्ने केन्द्रीय समिति बैठकका लागि दाहालले आइतबारदेखि प्रतिवेदन तयार पार्ने भएका resize_image (1)छन्। अध्यक्ष दाहालले ल्याउने प्रतिवेदन केन्द्रीय कार्यालय र पोलिटब्युरोमा छलफल भएपछि केन्द्रीय समितिमा आउनेछ। दाहालको प्रस्ताव केन्द्रीय कार्यालयमा आउनेबित्तिकै भट्टराई र श्रेष्ठले आफ्नो प्रतिवेदनबारे धारणा बनाउनेछन्।

‘अध्यक्षको राजनीतिक प्रतिवेदन हेरेपछि आवश्यक परे छुट्टै प्रतिवेदन पनि लेखिन्छ’, श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अध्यक्षले सोधेको प्रश्नमा मैले यस्तै उत्तर दिएँ।’ श्रेष्ठ दाहालसँग छलफल गर्न शनिबार बिहान लाजिम्पाट पुगेका थिए। ‘पार्टी निर्माणका लागि सकुन्जेल लडिन्छ’, उनले भने। दाहालले श्रेष्ठसँग छुट्टै राजनीतिक प्रतिवेदन ल्याउने तयारी रहेनरहेको बारेमा जिज्ञासा राखेका थिए। स्रोतका अनुसार श्रेष्ठले आफ्ना सहयोगी नेताले भट्टराईसँग सहकार्य नगर्न आफूलाई सुझाउ दिएको पनि दाहाललाई जानकारी गराएका थिए।

विगतमा पूर्वजानकारीबिना तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन ल्याएको स्मरण गराउँदै दाहालले भट्टराई र श्रेष्ठका छुट्टै प्रतिवेदन तयारीबारे जिज्ञासा राखेका थिए। भट्टराई पनि दाहाललाई भेट्न शनिबार लाजिम्पाट पुगेका थिए। भट्टराईले पार्टीमा कस्तो प्रणाली बनाएर लैजाने भन्ने विषयमा दाहालसँग डेढ घन्टा छलफल गरेका थिए। उनले पनि दाहालको राजनीतिक प्रतिवेदन हेरेर छुट्टै दस्ताबेज ल्याउने बारेमा निर्णय लिने भएका छन्। दाहाल, भट्टराई र श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका नेता देवेन्द्र पौडेलले तीन नेताबीच असमझदारी घट्दै गएको बताए। ‘तीनैजना नेतालाई भेटेर पार्टी नबिगार्न खबरदारी गरिएको छ’, उनले भने, ‘वैचारिक बहस गर्न पाइन्छ तर पार्टी फुटाउन पाइँदैन।’

भट्टराई र श्रेष्ठसँगको भेटमा दाहालले दुवै नेताले बुझाएको दुईबुँदे विरोधपत्र, दस्ताबेज लेखनलगायतका विषयमा छलफल गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। ‘छुट्टै दस्ताबेज ल्याउने सोच्नुभएको छ कि भनेर अध्यक्षले सोध्नुभएको थियो। उहाँहरू९भट्टराई र श्रेष्ठ० ले सबै विषय समेटेर अध्यक्षले नै दस्ताबेज लेख्नुभए हुन्छ भन्नुभएको छ’, सापकोटाले पार्टी मुख्यालयमा शनिबार पत्रकारसँग भने, ‘पार्टीलाई रूपान्तरण गर्न शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ। त्यसका लागि जनवादी केन्द्रीयता पुनस्र्थापना गरिनुपर्छ। पार्टीलाई रूपान्तरण गर्न जरुरी छ। त्यसबारे नेतृत्व तहमा गम्भीर बहस छ।’

सापकोटाका अनुसार पार्टीका भद्दा कमिटी चुस्त बनाउन आन्तरिक प्रतिस्पर्धामा जाने, सुदृढीकरणका लागि उत्पादन निर्माणमा श्रमसँग जोडिने गरी कार्ययोजना बनाउने विषय दाहालले प्रतिवेदनमा समेट्नेछन्। ‘विगतमा हामीले पार्टी एकताको रक्षा गर्ने सन्दर्भमा सहमति नभएका विषयमा जानकारी दिएर छलफल गर्ने विधि बनायौं, त्यसले पार्टीलाई अराजक बनायो’, उनले भने, ‘व्यापक जनवादको अभ्यास गर्नुपर्छ, अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपता लागू गर्नुपर्छ।’ अहिलेसम्म प्रचण्डको नीतिअनुसार नै उनी नेतृत्वमा रहेको पनि सापकोटाले बताए। नेता वर्षमान पुनले पार्टीमा देखिएका समस्या समाधान गर्ने गरी भट्टराई र श्रेष्ठका भावना पनि समेटेर राजनीतिक प्रतिवेदन तयार पार्न अध्यक्ष दाहाललाई सुझाव दिएको खवर आजको अन्नपूर्णपोष्टमा रेवती सापकोटाको वाईलाईनमा समाचार प्रकाशित भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031