काठमाडौं माघ १०, चितवन मालपोत कार्यालय भरतपुर मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद न्यौपाने सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा रंगैहात पक्राउ परेका छन । भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको सिलसिलामा घूस मागेकोले उनलाई आठ हजार घूस लिंदा लिंदै रंगेहात पक्राउ गरी अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा राखेको जनाएको छ ।