काठमाडौं पौष २८, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा खेलमा सङ्कटा क्लबले थ्रिस्टार क्लबलाइ १—० गोलअन्तरमा र दोस्रो खेलमा व्वाइज युनियन क्लबले रानीपोखरी कर्नर टिम लाई ३–२ गोलअन्तरले पराजित गरेको छ । भोलि दिउँसो १:०० बजे मनाङ मस्र्याङ्दी क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोस्रो खेल ३:०० बजे त्रिभुवन आर्मी र फ्रेण्डस क्लबवीच हुँनेछ ।