बिहिबार, मंसिर १४, २०८०
Dashain

खुलामञ्चमा चिकित्सकहरूद्वारा बिरामीलाई निःशुल्क बहिरङ्ग सेवा दिदै

 काठमाडौँ माघ ९, स्वास्थ्य क्षेत्रको सुधार तथा स्वास्थ्य क्षेत्रका विसङ्गतिलाई अन्त्य गर्नुपर्नेलगायत सातसूत्रीय माग राखी अनशनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलनकारी चिकित्सकहरूले खुलामञ्चमा बहिरङ्ग सेवा सुरु गरेका छन् । 

आन्दोलनकारी चिकित्सकहरूले विरोध स्वरुप अस्पतालका बहिरङ्ग सेवालाई ठप्प गरी आजदेखि खुला चौरमै पाल टाँगी बिरामीलाई निःशुल्क खुला बहिरङ्ग सेवा दिन सुरु गरेको हो । आज बिहानदेखि सुरु गरिएको सो सेवा अपराह्नसम्ममा दुई हजारभन्दा बढी बिरामीले लिइसकेका कार्यक्रमका संयोजक प्रा.डा. मंगल रावलले बताएका छन ।

त्यस्तै त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा. शशि शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको भएपनि अनशनमा बस्नुभएका डा. केसीले आफ्ना माग सम्बोधन नभएको भन्दै अनशन त्याग्न मान्नुभएको छैन । अर्काेतर्फ डा. केसीका माग जायज भएको भन्दै समर्थनमा उत्रेको नेपाल चिकित्सक सङ्घले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031