आइतवार, जेष्ठ १४, २०८०

कार्यकारी अधिकृत अर्यालको संयोजकत्वमा सहिद सप्ताह मूल समारोह समिति गठन

 काठमाडौ माघ ८, काठमाडौँ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह मनाउन कार्यकारी अधिकृत लक्ष्मण अर्यालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

 sahidत्यस्तै सदस्यहरुमा सबै राजनीतिक दलबाट महानगरपालिका संयन्त्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु, काठमाडौँका जिल्ला शिक्षा अधिकारी, काठमाडौँ उपत्यकाका सबै जिल्ला विकास अधिकारीहरु, उपत्यकाका उपनगरपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरु, महानगरपालिकाका सबै आयोजना प्रमुख तथा महाशाखा प्रमुख, नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, महानगरपालिका वडा नं ७, १२ र १५ का प्रशासकीय प्रमुखहरु रहनुभएको छ भने   समितिको सदस्य सचिवमा महानगरपालिका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटा रहेका छन ।  

 त्यस्तै समितिले माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गरेका स्थान क्रमशः टेकु, सिफल र शोभा भगवतीमा कार्यक्रम गरिने छ । माघ १६ गते लैनचौरस्थित सहिद स्मारकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, विद्यार्थीहरु, कर्मचारीको सहभागितामा ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको समितिका सदस्य सचिव सापकोटाले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031