काठमाडौँ माघ ६, सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी (संस्थागत) विद्यालयबाट एसएलसी टेष्ट (सेन्टअप) परीक्षा सञ्चालन भएको पाइएकाले त्यस्तो कार्य रोक्न सरकारले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्ण÷अनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताउँदै हाल लिइरहेको टेष्ट परीक्षा वैधानिक नभएको बताउँनु भएको छ । तर सरकारी निर्देशन विपरित कतिपय निजी विद्यालयले सो निर्देशनको अवज्ञा गरी यस्तो परीक्षा सञ्चालन गरिरहेको पाइएको भन्दै उहाँले त्यस्ता विद्यालयलाइ कारवाही प्रक्रिया अगाडि बढाउँने तयारी भएको बताउनुभएको छ ।