बुधबार, अशोज १७, २०८०

एमाले र एमाओवादीबीच मुलुकको पछिल्लो राजनैतिक अवस्थाका सम्बन्धमा छलफल

 काठमाडौँ पौष २१, नेकपाएमाले र एमाओवादी) वीच आज साँझ शान्ति कोषको सचिवालयमा बबरमहलमा भएको वार्तामा मुलुकमा राष्ट्रिय सहमति सहितको सरकारको गठन तथा jn & dhallसंविधानसभाको बैठक बोलाउने सम्बन्धमा विशेष छलफल भएको छ । वार्ताको क्रममा एमालेको तर्फबाट पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको सहभागिता रहेको थियो भने एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीको उपस्थिती रहेको थियो ।

वार्ता पछि पत्रकारहरसंग कुरा गर्दै आगामी ६ महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने विषयमा कसरी अगाडि बढ्न सकिन्छ र त्यसका आधारहरु के हुन सक्छन्, अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व कसरी लिनेभन्ने विषयमा पनि छलफल केन्द्रित रहेको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यस्तै उहाँले संविधानसभा निर्वाचनको घोषणापत्रमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सबै दल सहमत भएको भन्दै सो निर्वाचन कहिले र कसरी गर्ने विषयमा समेत कुराकानी भएको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031