काठमाडौँ पौष २०, एमाओवादी भित्र नेतृत्व परिवर्तन प्रसग चर्कोरुपमा उठ्न थालेको छ । मुख्यत संविधानसभाको निर्वाचनमा एमाओवादीले भोग्नु परेको नियतीका संगसंगै समानुपातितर्फका सभासद छनौटको क्रममा पार्टी अध्यक्ष प्रचण्डले गरेको एकलौटी सिफारिसका कारण देखाउँदै एमाओवादी वृतमा नेतृत्व परिवर्तनका सवाल मुखरित हुन् थालेको बताईन्छ ।
यसै प्रसंगमा आज राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा एमाओवादीका नेता देबेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले अबको आवश्यकता भनेको नेतृत्व परिवर्तननै हो यसको विकल्प नभएको बताउँदै उहाँले नेतृत्व, नीति सफल हुँदा सम्म मात्र कायम रहने भन्दै संविधानसभाको निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएकोले अब पार्टी भित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको दावी मात्र गरेरन पुरानो नेतृत्व लामो समय सम्म बसिरहने प्रथाले नयाँको प्रतिभा र क्षमतामा ह्रास आएको अवस्था छभन्दै एमाओवादीको महाधिवेशनमै दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नहुने आवाज उठेर समिति नै गठन भएको जानकारी दिनुभएको छ ।