आइतवार, जेष्ठ १४, २०८०

आज सहिद दिवस, सहिदहरुको सम्झना गरिदै

 नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन आफ्नो जिवन उत्सर्ग गर्ने सहिदहरुको सम्झनामा लैनचौरस्थित सहिद स्मृति पार्कमा विशेष कार्यक्रमको आयोजना गरिदै

काठमाडौं माघ १६, आज सहिद दिवस। १ सय ४ वर्षिय जहानियां राणा शासनविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा आज देशव्यापीरुपमा सहिद दिवस मनाइंदै छ। नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा वीर सपूतहरूले पटक-पटक बलिदान गरेका  वीर सहिद छन्।

विसं. १९९३ देखि निरन्तर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि २०६२ सालसम्म तत्कालीन शासकविरुद्धको सङ्घर्षमा महान् सहिदको जेलनेलको कष्टपूर्ण जीवन, त्याग र समर्पणको गाथा इतिहासमा सधैँ अमर छ। वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा सधैँ अवीस्मरणीय छ, रहिरहनेछ।

 यी चार सपूतले अमरत्व प्राप्त गरेको स्मरणमा काठमाडौं महानगरपालिको संयोजनमा तथा अन्य विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहु मनाउने गरिएको छ। यसैक्रममा आज शान्तिवाटिकाबाट प्रभातफेरी सहित लैनचौरमा मन्त्रीपरिषद अध्यक्ष्यको प्रमुख आतिथ्यतामा सहिद दिवसका अवसरमा राजधानीको लैनचौरस्थित सहिद स्मृति पार्कमा विशेष कार्यक्रमको आयोजना गरिएको कामपाले जनाएको छ ।

विसं. १९९७ माघ १० गते निरङ्कुश राणाशासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १२ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने अर्को तीन दिनपछि दशरथ चन्द र गंगालाललाई गोली हानी हत्या गरिएको थियो।

सहिद सप्ताहको बेलामा सहिदको सालिकमा माल्यार्पण गर्ने औपचारिकतामा मात्र राज्य र नागरिक समाज सीमित हुनु हुँदैन। सहिदले देखाएको बाटोलाई र उनको आदर्शलाई पहिल्याइएको छ या छैन भन्नेबारे आत्मसमीक्षा गर्नुपर्छ। त्यस्तै जनतालाई सबैखाले शोषण र दमनबाट मुक्ति दिलाई देशमा स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने यी महान् सहिदले निःस्वार्थ भावनाले बगाएको रगत खेर जान नदिन आजको दिन विभिन्न राजनीतिक दललगायत सबैले मुलुकमा दिगो शान्ति कायम,  गरि मुलुकलमा आर्थिक समृद्विमार्ग प्रसस्त गरी उनीहरूप्रति सच्चा सम्मान र श्रद्वाञ्जली अर्पण गर्नुपर्छ। साथै सहिदपरिवारको गास,बास, कपासको उचित व्यवस्था गर्नु राज्य र समाजको दायित्व हुन्छ र यो दायित्व पूरा गर्नु हामी सवैको साझा कतव्र्य पनि हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031