काठमाडौं पौष २७, आज तत्कालीन बाइसे, चौबीसे राज्यहरुमा विभाजित वर्तमान नेपाललाई एकीकरण गरि विशाल नेपाल बनाउँने सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती देशैभरिभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि गरेको योगदानलाई कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका रुपमा मनाइने गरिएको हो । तर २०६२र२०६३ सालको आन्दोलनपछिको सरकारले राष्ट्रिय एकता दिवसका दिन दिदै आएको विदा कटौति गरि सरकारी स्तरमा एकता दिवस मनाउन छाडे पनि जनस्तरबाटभने यो दिवस मनाउने गरिएको छ ।