बिहिबार, मंसिर १४, २०८०
Dashain

अवैध सुन तस्करीमा संलग्न ५ जना पक्राउ

 काठमाडौं माघ ५, प्रहरीले तातोपानीबाट काठमाडौं ल्याइदै गरेको ६ सय ७३ ग्राम अवैध सुन भक्तपुरमा बरामद गरेको छ ।  सुन तस्करीमा संलग्न चार महिलासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले टोलीले बा ७ च ३४१९ नम्बरको कारमा सवार ५ जना क्रमस उर्मिला तामाङ, images (55)बन्दना राई, भावना लामा, धनबहादुर लामा र ठूलीमाया लामालाई सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले ब्रा भित्र लुकाएको अवस्थामा चार वटा सिक्री, राईको घाँटीबाट २ वटा सिक्री र भावनाको घाटीमा लगाइरहेको अवस्थाको एक सिक्री बरामद भएको बताएको छ ।

यसैवीच चितवनको भरतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ६९४९ नम्बरको यात्रुबसलाई आज बिहान पूर्व–पश्चिम राजमार्गको रातोमाटेमा चेक गर्दा प्रहरीको विशेष टोलीले सो बसका दुईजना यात्रुबाट १५ केजी चरेस बरामद गरेको छ ।  सो चरेसको कारोवार गर्ने धादिङ सिराञ्चोक गाविस–४ बस्ने वर्ष ३२ का गणेश लामा र सोही ठाउँका वर्ष १९ का बुद्धिमान लामालाई अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031