बिहिबार, मंसिर १४, २०८०
Dashain

अनारको रसबाट कामशक्ति…अरु केके त ?

रमाइलो शुक्रवार
 काठमाडौं माघ १७, यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिता कारण एक अनार सय बिमारु भन्ने भनाइ प्रचलनमा छ। अनारको रसमा काम शक्तिबर्द्धक अद्भूत क्षमता हुन्छ। क्यालिफोर्नियाका वैज्ञानिकहरूका अनुसार एक महिनासम्म लगातार एक गिलास अनारको रस पिउनु कुनै पनि पुरुषका लागि कामोत्तेजिक औषधि भियाग्रा जस्तै हो। अनारको रसबाट शरीरमा 51960एन्टी अक्सिडेन्ट बढ्छ र यौनांगहरूमा रक्तसञ्चार तीव्र हुन्छ। यसबाट व्यक्ति यौन क्रियामा बढी सक्रिय हुनसक्छ।

यौन कमजोरीमा माछाको तेल

अमेरिकी वैज्ञानिकहरूको एउटा अनुसन्धानअनुसार माछाको तेल महिला र पुरुषका अनेकन यौनसम्बन्धी कमजोरीलाई हटाउन सहयोग हुन्छ। कतिपय युवा विभिन्न कारणले आफ्नो साथीलाई पूर्णरूपमा यौनसन्तुष्टि प्रदान गर्न सक्षम हुँदैनन्। जसका कारण विवाहको एउटा निश्चित समयपश्चात् नै सम्बन्ध विच्छेदसम्मको स्थिति सिर्जना भएको पाइन्छ। वैज्ञानिकहरूका अनुसार यस्ता पुरुषले माछाको तेल एक चम्चा दैनिक रूपमा उपयोग गरेर आफ्नो यौन दुर्बलताबाट मुक्त हुन सक्छन्। क्यालिफोर्नियाका वैज्ञानिकहरूले ५० जोडी स्त्री-पुरुषमा यसको प्रयोग गरेका थिए जसको परिणामस्वरुप जो तीन महिनापूर्व यौन क्रियाकलापबाट बच्न चाहन्थे उनीहरूले प्रसन्नतापूर्वक यौनमा रुचि लिएको पाइयो।

कफीबाट यौन सक्रियताimages

अध्ययनअनुसार लगभग पचास वर्षको आयुपछि पनि जो कफी सेवन गर्छन्, उनीहरू कफी नपिउनेहरूको तुलनामा बढी सक्रिय हुन्छन्। ब्राजिलमा गरिएको अनुसन्धानमा कफी पिउनाले शुक्राणुमा क्रियाशीलता आउने र सुस्त शुक्राणु पनि फूर्तिलो हुने देखियो। अनुसन्धानकर्ताहरूका अनुसार कफीमा पाइने रसायनिक तत्त्व तथा एन्टिअक्सिडेन्ट शुक्राणुको अण्डकोषसित मिल्ने सम्भावना पनि बढाउँछ जसको परिणामस्वरूप गर्भधारण हुन्छ। कफी बढी आयुका दम्पतीको यौन सक्रियताका लागि पर्याप्त लाभदायक हुन्छ। बढी उमेरमा कफी पिउनाले स्नायुको सक्रियता बढ्छ र केही विशेष मांसपेशी यौन अनुकूल हुन्छन्।

भियाग्राबाट गर्भधारणमा कमी यौनक्षमता बढाउन भियाग्रा सेवन गर्दा प्रजनन शक्ति प्रभावित हुन्छ। ब्रिटिस वैज्ञानिकहरूको एक अनुसन्धानअनुसार भियाग्रा सेवन गर्ने व्यक्तिको प्रजनन चक्र पूरा हुन पाउँदैन र महिलाहरू गर्भधारण गर्नबाट वञ्चित हुन्छन्। अनुसन्धानका लागि वैज्ञानिकहरूले कैयन् व्यक्तिका शुक्राणु जाँच गरेका थिए। परिणाममा लगभग ८० प्रतिशत शुक्राणु भियाग्राबाट निष्क्रिय भएको पाइयो। यसबाट भियाग्राको प्रयोग पुरुषको यौनक्षमता बढाउन प्रयोग गर्न सकिने तर परिवार बढाउन प्रयोग गर्न नहुने प्रमाणित हुन्छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031