मङ्लबार, अशोज ११, २०७९

अनशन र आन्दोलन फिर्ता लिन डा. केसीलाई सरकारको अपिल, सचिवसहितको वार्ता टोली गठन

 काठमाडौँ माघ ९ , सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा.prashashan गोविन्द केसीका मुख्य माग सम्बोधन भइसकेका र नेपाल चिकित्सक सङ्घले उठाएका विषय छलफलबाट समाधान गर्न सरकार सकारात्मक रहेको भन्दै अनशन तोडी सहयोग गर्न डा।.केसीलाई अनुरोध गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारले एक अपिल जारी गर्दै उक्त आग्रह गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले बताउनुभयो । प्रवक्ता पौडेलले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छलफल र वार्ताबाट समाधान गर्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गृह, शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू रहेको वार्ता टोली गठन गरिएको जानकारी दिनुभएको छ । 

विगत केही समयदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका डा। केसीले गर्नुभएको अनशनका कारण त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा उत्पन्न परिस्थितिबाट शिक्षण अस्पताल तथा अन्य स्वास्थ्य संस्था र अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण असहज भएको विषयमा सरकारको गम्भीर ध्यान आकृष्ट भएको उल्लेख गर्दै अपिलमा डा.गोविन्द केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न र सबै स्वास्थ्य सेवा जनसाधारणलाई प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने कार्यमा सघाउन नेपाल सरकार त्रिभुवन विश्वविद्यालय, नेपाल चिकित्सक सङ्घ तथा चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्य सञ्चालक तथा व्यवसायी, मानवअधिकारकर्मी, सम्पूर्ण राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाजलाई हार्दिक आह्वान गर्नुका साथै आफ्नो अनशन तोडी सहयोग गर्न डा.केसीलाई अनुरोध गरेको छन ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031