
काठमाडौँ पौष २६, जनवरी १२ देखि ईजराईलमा सुरु हुने र विभिन्न १० वटा मुलुकका अन्र्तराष्ट्रिय बिशेष शिक्षा तालिम तथा सम्मेलनका लागि नेपालबाट सम्वद्ध क्षेत्रका तिन जना नेपाली छनौटमा परेका छन् । विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र संचालिका सबिता उप्रेती, अटिजम कियर नेपालकी सिजन साक्य र सिपि सेन्टरकी सिर्जना श्रेष्ठ परेका हुन । शनिवार ईजराईल प्रस्थान गर्ने तयारीमा रहेकी विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC)संचालिका सविता उप्रेतीलाई हामीले तालिमको आवश्यकता र औचित्यका सम्बन्धमा जिज्ञासा राख्दा अपाङगता भएका वालवालिको क्षेत्रमा क्रियाशील संघसंस्था र त्यस संस्था संग आवद्ध व्यक्तिहरुका लागि यस किसिमको तालिम आफैमा प्रभावकारी हुने बताउँदै अपाङगता भएका वालवालिकाहरुकालागि आवश्यक एवम् पछिल्लो समयमा उनिहरुका लागि विस्तारित भएका उपलब्धिसंग साक्षात्कार हुँदै त्यहि अनुरुपको सेवा प्रवाह गर्न सक्ने बताईन ।