मङ्लबार, बैशाख ४, २०८१

सीतापाइला सहकारीको १४ औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

 काठमाडौँ पौष १३, सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ साधारणसभा आज एक समाहरोबीच सम्पन्न भएको छ । समाहरोका प्रमुख  अतिथी एवमे  [1]काठमाडौं काँग्रेसका सभापति तथा नवनिर्वाचित सभासद् भिमसेनदास प्रधानले साधारण सभाको उद्घाटनसत्रमा बोल्दै सहकारीले समाजमा आर्थिक समृद्धि कायम गर्न गर्दै आएको योगदान आफैमा महत्वपूर्ण भएको बताउँनुभएको छ ।

त्यस्तै १४औ वर्ष गाँठको अवसरमा सहकारीको तर्फबाट निर्वाचित सभासद्लाई सम्मान गर्नुको साथै सहकारीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने संस्थागत निर्णय गरेको जानकारी गराईएको थियो  । त्यस्तै   संस्थाका अध्यक्ष केदार मानन्धरले संस्थाको पुँजीगत संरचना रु एक करोड २२ लाख ८९ हजार ४सय ६ रुपैया रहेको र त्यस्तैगरि कुल सञ्चालन खर्च रु चार करोड ५४ लाख तीन हजार ७ सय ६२ रुपैया भएको बताउँदै  वित्तीय क्षेत्रमा देखिएको तरलतालाई व्यवस्थापन गरी वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको  थियो ।