बिहिबार, चैत्र १५, २०८०

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई पाँच हजार जरिवाना

 काठमाडौँ पौष १५ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने ५० हजारभन्दा बढी राष्ट्रसेवक कर्मचारीलाई कानुनअनुसार जनही पाँच हजार  रुपैयाँका दरले जरिवाना गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसै साता विभिन्न तहका सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको थियो ।

अख्तियारद्दारा आइतबार जारी गरेको विज्ञप्तिमा ति कर्मचारीहरुलाई ३० दिनभित्र ५ हजार रुपैयाँका दरले जरिवाना अनिवार्य रूपमा तिराउन सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्नुको अलावा सम्वद्ध सबै मन्त्रालय र निकायमा उनीहरूलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन लगाउनसमेत निर्देशन दिदै यदि निर्धारित समयभित्र पनि विवरण नबुझाउने राष्ट्रसेवकहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउने चेतावनी अख्तियारले दिएको छ ।