बिहिबार, चैत्र १५, २०८०

समानुपातिकर्फको सूची बुझाउँन आयोगले थप्यो ५ दिनको म्याद

nirvachan-aayogकाठमाडौं पौष १०, आयोगले आज अन्तिम मिति तोक्दै समानुपतिकतर्फ निर्वाचित हुने सदस्यहरूको नामावली पेस गर्ने समयसीमा निर्धारण गरेको भएपनि मुलुकका प्रमुख दलहरुले हिजो ४ बुँदें सहमति गर्दै निर्वाचन आयोगमा समानुपातिकर्फको सूची बुझाउने म्याद पाँच दिन थप गर्न गरेको लिखित आग्रहलाई आयोगले स्विकार गरेको छ ।

आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार प्रमुख दलका नेताहरुको सिफारिसमा आयोगले समानुपातिकतर्फको सदस्यहरूको नाम सिफारिसका लागि पुस १५ गतेसम्म म्याद थप गरेको बताएका छन । निर्वाचन आयोगले यसअघि दुईपटक समानुपातिक सूची बुझाउने म्याद थप गरिसकेको छ।