शुक्रबार, चैत्र १६, २०८०

व्यावसायिक क्षमता अभिवृद्धिका लागि सार्क मिडिया तालिम सुरु

 काठमाडौँ पौष १२, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का पत्रकार तथा सरकारी सूचना अधिकृतको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गोदावरीमा आजदेखि ४ saarcदिने सार्क मिडिया तालिम सुरु भएको छ । तालिममा नेपाल, भारत, बङ्गलादश ,श्रीलङ्का, माल्दिभ्सका १९ पत्रकार र सूचना अधिकृतको सहभागिता रहेको छ ।

तालिमको पहिलो दिन अथार्थ उद्घाटनसत्रमा बोल्दै सूचना विभागका महानिर्देशक एवं सार्क सूचना केन्द्रका निर्देशक लक्ष्मीविलास कोइरालाले सन् २००५ मा स्थापित सूचना केन्द्रले सार्कका हरेक गतिविधिलाई मिडियामार्फत जनतामा सुसूचित गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनुभउको थियो भने प्रस्तुत कार्यक्रमका संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्यले तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको प्रापत समाचारमा उल्लेअख गरिएको छ ।