बुधबार, बैशाख १२, २०८१

बौद्धिक तथा शारीरीक अपाङगता भएका वालवालिकाका लागी वरदान सावित हुँदै विशेष स्कूल तथा पूर्नस्थापना केन्द्र

 चन्दन पाठक/काठमाडौं पौष १४ ,अलिसा न्यौपाने विशेष स्कूलमा भर्ना हुनुपूर्व साधारण स्कूलमा कक्षा सातमा पढ्दै थिइन् । झट्ट हेर्दा शरिरीक रुपमा साधारण व्यक्ति जस्तै देखिने अलिसा र साधारण व्यक्तिमा केहि फरक छ भन्ने भेउ पाउँन पनि त्यति सहज छैन ।  भनेको कुरा छिट्टै बिर्सने लगायतका यावत समस्याबाट पिडित अलिसाको बौद्धिक चेतनास्तरलाई हेर्नेहो भने उनि कक्षा १ को पाठेक्रम पनि सहज रुपमा पढ्न सक्ने अवस्थाको थिएन । यद्यपी उनका अभिभावकको दबाबका कारणमात्र अलिसालाई कक्षा चढाइएको थियो ।  अलिसाको अभिभावकमा छोरीको अवस्थाका सम्बन्धमा रहेको अज्ञानतका कारण उनि कक्षामा कमजोर विद्यार्थीको रुपमा मात्र चिनिएनन स्कूलमा दिनहुँ जस्तो खाईने गाली र पाउँने पनिसमेन्टका कारण आम विद्यार्थीको भाझमा सजायं र गालीको पर्याय बनिन अलिसा । यस्तो अवस्थामा एक साधारण विद्यार्थीमा त हिनताबोध हुन्छ भने मानसिक चेतनास्तर न्यून रहेकी अलिसाको अवस्था के भयो होला हामी सहजै बोध गर्न सक्छौं ।

यसरी विद्यालयममा गरिने दिनहुँको गालीका कारण पढाई प्रति अलिसाको वितृष्णा जागृत हुँनु र बचेका केहि प्रतिभा पनि झन् गूम्दै जानु आफैमा अस्वाभाविक थिएन । छोरीको यस्तो अवस्था र त्यसमाथि पनि उनि पढ्दै गरेकी स्कलुले अलिसालाई जिल्ला स्तरिय परिक्षामा सामेल गराउन जनाएको असमर्थताका कारण उनका अभिभावकले आफैमा असहज परिस्थतीको सामना गर्नुपर्यो । एवम रितले समयको अन्तराल संगै व्यापक सोधखोज र परामर्स पछि अलिसा र उनिमा रहेको समस्याको सहज निराकरणका लागि उनका अभिभावक पुगे पूरानो सिनामंगलस्थित विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रमा ।

 हे विशेष स्कूल तथा पूर्नस्थापना केन्द्र यि र यस्ता समस्याबाट पिडित वालवालिकाका लागि बरदान स्वरुप विगत ४ वर्ष यतादेखि संचालनमा रहेका छन । स्कुलले बौद्धिक तथा शारीरीक अपाङगता  भएका वालवालिकाको लागि विशेषरुपमा उपचार सहितको विशेष शिक्षा प्रदान गर्दै आईरहेका छन । ततपश्चात सुरुका दिनमा विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रमा आउँदा अलिसा रुदै आउथिन् । अनूहार साहै मलिन र अध्यारो हून्थ्यो । तर अहिले अलिसा खुसी छिन मुहारमा चमक छ । केहि गरौं भन्ने चाहना छ उनिमा ।  अलिसा त केवल प्रतिनिधी पात्र मात्र हुँन उनि जस्ता धैरै वालवालिकालाई समाजमा साधारण व्यक्ति जस्तै पूर्नस्थापित गरिसेका छन विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रले ।

 अलिसा विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रमा आईपुग्दा स्कूलको नियमानुसार गरिएको आई क्यू टेष्ट अनूसार १४ वर्षको उमेरमा पुगिसक्दा पनि उनि कक्षा १ लागि मात्र फिट भईन् र सोहि वममोजिम उनलाई विशेष स्कूलका शिक्षक शिक्षिकाले माया, हौसला र सद्भावमय वातावरणमा उपचारका साथसाथै कक्षा १ को पाठयक्रममा केन्द्रीत भएर विशेष शिक्षा दिइयो । त्यसैगरि विभिन्न अतिरिक्त कृयाकलापमा सरिक गराइयो । अलिसाले गरेको कामलाई प्रोत्साहित गर्दै हौसला र पूरस्कारहरु प्रदान गर्दा उनको मुहारभाव हेर्नुको मजानै बेग्लै रहेको त्यस स्कुलमा कार्यरत एक शिक्षिकाले बताईन ।

अहिले १६ औ वसन्तमा पुगेकी अलिसामा छोटो समयमा नै धेरै सूधारहरु आएका देख्दा उनको अभिभावकमा देखिएको खुसीको सिमा छैन ।  यसैक्रममा प्रसंगवस विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रमा हामी पुग्दा भित्तामा रङगीचंङगी पोष्टरहरु छन् । एउटा कूनामा सफा सेतो वेडकभर लगाएका वेड छ । चारैतिर बेन्च र वीचमा पहेलो रङको सफा टेबल छ । टेबल माथि विभिन्न रङको खेलौना छन् वरिपरि कपी, कलाम, झोला छ । ५ वर्षको दिक्षान्त सिम्खडा एउटा छेउमा विशेष प्रकारको कूर्सीमा एकदमै हसिलो मूहारमा बसिरहेका छन् । त्यस्तै ६ वर्षको श्रीयोग रिजाल मेमोरी कार्ड मिलाउन व्यस्त छन् । उता वर्ष १० की लक्ष्मी पराजूली किताव पल्टाएर पढीरहेकी छिन् । ११ वर्षको  आदेश राज  अंग्रेजीमा गीत गाईरहेका छन् । १६ वर्षको सास्वत गणित विषयको कक्षा ३ को कक्षा कार्य गरिरहेका छन् भने अलिसा किताबमा हेरेर प्रश्नको उत्तर लेखिरहेका छन् । ३ वर्ष देखि १७ वर्ष सम्मको फरक फरक उमेर ,फरक फरक क्षमता र फरक फरक समस्या भएका ६ जना बालबालिका एउटै कक्षामा फरक फरक विषयमा एकदमै ध्यानकेन्द्रित भएर आ आफनो कृयाकलाप गरिरहेका छन् । केन्द्रमा नयाँ मान्छेको प्रवेशमा पनि सबै उठेर नमस्ते गर्छन् । अनि पून आ-आफनो क्रियाकलापमा लाग्छ । एकछिन त लाग्छ हामी कूनै अर्को संसारमा पूगेका छौ । एउटै उमेर क्षमताका साधारण बालबालिका समेत एउटा कक्षमा रहदा एक अर्कालाई डिस्टब गर्ने नया मान्छेको आगमनमा ध्यान भंग गर्ने गदर्छन । तर यस कक्षामा फरक उमेर र क्षमताको बालबालिकामा रहेको एकाग्रता र सामाजिकीकरण देख्दा जो कोही पनि अचम्म हुनु अस्वाभाविक छैन ।

 त्यस्तै विशेष स्कूलमा बालबालिकाको प्रतिभा , देख्दा जसलाई पनि केही क्षण जिवनको यर्थाथता खोज्न मन लाग्छ र जीवनमा केही गर्नू पर्दछ भने भावना जागृत हुन्छ ।
विशेष स्कूलकी शिक्षिका रुपा तमाङले स्कुलमा अहिले रहेका मध्य ६ जना बालबालिकाको समस्या आफैमा फरक फरक प्रकृतिका छन । कोही बौद्धिक, कोही शारीरीक अपाङगता त्यस्तै उनिहरुको उमेर फरक फरक छ तर एउटै उमेर र एउटै परिवार जस्तो गरेर एक अर्कालाई सहयोग गरेर बस्नू आफैमा सा–है गाह्रो हून्छ तर हामीहरुले तमाम अप्ठायारका वावजुद पनि विभिन्न थेरापीहरु तथा एकल कक्षा र आवश्यकता अनूसारको तालीम दिदै ति बालबालिकाहरुलाई साधारण बालबालिका सरह बनाउने प्रयत्नमा तल्लिन छौ र यहिनै हाम्रो दिनचर्या भएको छ आजभोलि उनले भनिन ।

त्यस्तैगरि विशेष स्कूलको स्थापनाले अभिभावकलाई धेरै राहत मिलेको अभिभावक प्रदिप ढूङगाना बताउछन् । सूरुमा हामी मेरी छोरी श्रेष्ता ढूङगानाको दिसा पिसाब कन्ट्रोल हूदैन्थ्यो । साथै पढाई लेखाइमा समस्या रहनुको अलावा हिडाईमा समेत समस्या थियो । यो सस्थांमा भर्ना गरेपछि मेरो नानूमा धेरै सूधार आयो र करिब २ वर्ष भयो विशेष स्कूलमा मेरो नानी राखेको ,यती छोटो समयमा नै अहिले मेरो नानू साधारण स्कूलमा पढन सक्ने भैसकेकी छन् ।

यस्ता बौद्धिक तथा शारिरिक अपाङगता  भएका बालबालिका यस स्कूलमा ३५ जना छन् । ४० जना यस अगाडि नै पूर्नस्थापित भईसकेको बताउँछिन संस्थाकी कार्यकारी निर्देशक सविता उप्रेती । जसमध्ये १५ जना साधारण बालबालिका सरह पढ्दै छन् । यसै स्कुलबाट पूर्नस्थापित भएकी अनूस्का बस्नेत अहिले काँडाघारी स्थित नमस्ते बोडिङ¨ पढ्दै गरेकी छिन । कमजोर आर्थिक स्थितीको बावजूद पनि बालबालिकालाई व्यवस्थित गूणात्मक शिक्षा र उपचार प्रदान गरिरहेको छ विशेष स्कूल तथा पूर्नस्थापना केन्द्रले । एउटा घरमा एउटा साधारण बच्चालाई स्याहार त कम्ती गाह्रो हूदैन तर पैतिस जना फरक फरक समस्या क्षमता र उमेरका बालबालिकाहरुलाई एउटै छाना मूनी सम्हालेर उपचार र शिक्षामा अगाडि बढाउनू कम्ती चूनौतीपर्ण छैन । नियमित आर्थिक स्रोतको अभावका कारण सस्थां चलाउन मुस्किल भएपनि संस्थामा कार्यरत कर्मचारीहरुको सहाशिलता अग्रसरता र कामप्रतिको लगाव देख्दा आजको व्यस्त र मपाईत्वको दुनियाका निस्वार्थ सेवाभाव सहित अपनत्वको भाव पाईनु आफैमा बेजोद समाजसेवाको कोसेढुङगा सावित भएका छन विशेष स्कूल तथा यहाँका कर्मचारी ।