शनिबार, बैशाख ८, २०८१

बढ्दो शीतलहर र जाडोले बारा र पर्साको जनजीवन प्रभावित

 वीरगन्ज पौष १४, तराई लगायतका क्षेत्रमा विगत केही दिनयतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले बारा र पर्साको जनजीवन पनि  प्रभावित हुँन थालेको बुझिएको छ । यसरी बढ्दो शीतलहरको प्रभावलाई न्यूनिकरण गर्ने लक्ष्य सहित   स्थानीय प्रशासनको सहयोगमा वीरगन्ज उपमहानगरपालिका र कलैया नगरपालिका समेट्ने गरी आम नागरिकको बढी जमघट हुने ठाउ“ र चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ । साथै चिसो बढेपछि वीरगन्जका सरकारी कार्यालयमा समेत सेवाग्राहीको भिडभाड पातलिँदै गएको छ भने अस्पताल र निजी क्लिनिकमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको सङ्ख्या ह्वात्तै बढ्न थालेका छन् । दैनिक ३०÷३५ जना त्यस्ता बिरामी उपचारका लागि अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालमा वीरगन्जले जनाएको छ ।