शुक्रबार, चैत्र १६, २०८०

जनताले काँग्रेसलाई दिएको जिम्मेवारी कुनै पनि हालतमा पूरा गर्ने सभापति कोइरालाको प्रतिवद्धता

प्रसंग: विपीको ३७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

 काठमाडौँ पौष १६, काठमाडौँ काँग्रेस जिल्ला कार्यसमितिद्वारा विपीको ३७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित ‘समसामयिक राजनीति, राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस सभापति सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र susil koiसंविधान निर्माण गर्न जनताले काँग्रेसलाई दिएको जिम्मेवारी कुनै पनि हालतमा पूरा गर्ने बताउँदै जनताको आशाअनुरुप एक वर्षभित्रैमा लोकतान्त्रिक संविधान बनाउने दृढता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप गिरीले काँग्रेसका नेता कार्यकर्ताको सबभन्दा ठूलो कमजोरी भनेको सिद्धान्त, विचार, नीति र आदर्शबाट टाढा रहनु हो भन्दै लोकतन्त्र, समाजवाद र राष्ट्रियता काँग्रेसको आदर्श भएको बताउनुभएको थियो भने केन्द्रीय सदस्य नरहरि आचार्यले राज्य पुनर्सरचना गरी अहिले उठेको समस्याको समाधान गर्न र लोकतान्त्रिक संविधान बनाउन राष्ट्रिय शक्तिहरुबीचको एकता र मेलमिलाप अहिलेको आवश्यकता भएको धारण राद्यनु भएको थियो ।
यसैबीच नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपीको ३७ औँ राष्ट्रिय मेलमिलाप दिवसमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै स्व बिपी कोइरालाले प्रतिपादन गर्नुभएको मेलमिलाप नीतिलाई नेपाली काँग्रेसले आत्मसाथ गरेकै कारण एमाओवादीलाई निःशस्त्र तुल्याई शान्ति र लोकतन्त्रमा ल्याउन सफल भएको दाबी गर्दै बिपीले प्रतिपादन गरेको चिन्तनलाई काँग्रेस कहिले पनि ओझेलमा पर्न नदिने धारणा व्यक्त गर्नु भएको थियो