शुक्रबार, बैशाख ७, २०८१

कांग्रेसले आज सभासद नामावली छनौटलाई अन्तिम रुप दिने

congresshomeकाठमाडौं पौष १, नेपाली कांग्रेसले आज समानुपातिक तर्फका सभासदहरुको नामावली छनौटलाई अन्तिम रुप दिने भएको छ । यसको लागि संसदीय समितिको बैठक अहिले बस्दैछ। बैठक सम्बन्धी प्राप्त समाचारमा उल्लेख भए अनुसार आजको बैठकबाट नामावली छनौटको मापदण्ड तय गर्दै भोलि केन्द्रीय समितिको बैठक बोलाएर ति नामावलीलाई रुप दिने र सभासद चयन गर्ने कांग्रेसको तयारी रहेको बुझिएको छ ।
त्यस्तै एता नेकपा एमालेले भोलिसम्म समानुपातिक तर्फका सभासदहरुको सूचिलाई अन्तिम रुप दिने सम्बन्धमा आवश्यक तयारीका लागि भन्दै आज स्थायी समितिको बैठक बोलाएको छ । यसअघि केन्द्रीय कमिटी बैठकले दिएको म्यान्डेट अनुसार मापदण्डका आधारमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको एमाले सम्बद्धस्रोतले जनाएको छ। स्रोतका अनुसार एमाले भित्र सभासद चयनका लागि मापदण्ड तयार भईसकेको र प्राविधिक काम मात्र बाँकीरहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30