शुक्रबार, बैशाख १४, २०८१

एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडका तत्कालीन सञ्चालक शिवजीराय यादवसहित दुई लेखापरीक्षक पक्राउ

 काठमाडौँ पौष १२,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुइजना लेखापरीक्षक क्रमस सन्तोष एन्ड कम्पनीका सञ्चालक जगदीश अग्रवाल र जिके अग्रवाल एन्ड कम्पनीका सञ्चालक गोपाल अग्रवाललाई पक्राउ गरेको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनीका तत्कालीन कार्यकारी प्रमुख केवलकृष्ण श्रेष्ठलाई अनधिकृत काम गर्न सहयो पु-याएको अभियोगमा सय दुई द्धय लेखापरीक्षकलाई आज पक्राउ गरिएको हो ।nidc1

ब्युरोलेका अनुसार गैरकानुनी काममा सहयोग गरी नागरिकको सम्पत्ति हिनामिना गर्न प्रेरित गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा लेखापरीक्षण कम्पनीका सञ्चालकद्वयले कम्पनीको  लेखापरीक्षण गर्दा अनियमितता गरेको खुल्न आएकाले पक्राउ गरी थप अनुसन्धान थालिएको जनाएको छ ।

यसैबीच केन्द्रीय अनुसन्धान ब्युरोले एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडका तत्कालीन सञ्चालक शिवजीराय यादवलाई बैंकिङ कसुर गरेको अभियोगमा आज पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार विभिन्न मितिमा कर्जा प्रवाह गर्दा आफूलाई प्राप्त अख्तियारी र स्वीकृत सीमाको दुरूपयोग गरेको र संस्थाको हितविपरीत हुने गरी कार्य गरेको अभियोगका आधारमा यादवलाई पक्राउ जनाएको छ ।