बुधबार, मंसिर २०, २०८०
Dashain

सबै समस्याको समाधान संविधानसभाभित्रबाटै खोजिनु पर्ने काँग्रेसको निष्कर्ष

nc-jhanda2-300x187 काठमाडौँ पौष २ ,पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा राजधानीमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक बैठकले संविधानसभा निर्वाचनले दिएको जनादेशअनुरुप ठूलो पार्टीका रुपमा सबै पार्टीलाई मिलाएर सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।  त्यस्तै बैठकले अरु पार्टीले उठाएका विषयहरुको समाधान खोज्न पनि संविधानसभालाई क्रियाशील बनाउनुपर्ने र संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर संविधानसभाभित्रैबाटै सबै खालको समस्याको निकास खोज्नुपर्ने आवश्यकता पहिचान गर्दै यसको लागि आवश्यक कामकारवाहीलाई निरन्तरता दिने निर्णय गरेको छ ।

वैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै संविधान निर्माण हाम्रो मूल कार्य हो, त्यसअर्थमा पनि संविधानसभालाई क्रियाशील गराउँनु पर्ने पक्षमा बैठकले जोड दिएको बताउँदै यसबीचमा उठेको विवाद लगायतका अन्य कुनै पनि समस्याको समाधान संविधानसभाभित्रबाटै खोजिनु पर्छ भन्ने नितिगत निष्कर्ष काँग्रेसले तय गरेको बताए ।   त्यस्तै पछिल्लो राजनीतिक अवस्था तथा भावी रणनीतिलगायतका विषयमा औपचारिक ढङ्गबाट निर्णयगर्न काँग्रेसले भोलि बिहान ११ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30