बिहिबार, मंसिर १४, २०८०
Dashain

भारतीय विधानसभाको निर्वाचनमा भाजपाको अग्रता कायमनै, नयाँ शक्तिकारुपमा आम आदमी पार्टी भाजपालाई पछ-याउँदै

 नयाँदिल्ली मंसिर २३   भारतमा बुधबार भएको बिधान सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । ७० सिटको लागि भएको प्रस्तुत निर्वाचनको घोषित परिणाम I अनुसार ५ मध्ये ३ सिट आम आदमी पार्टीले जितेको छ भने २ सिटमा भारतीय जनता पार्टी विजयी भएको घोषणा गरिएको छ । त्यस्तै भाजपाले ३० स्थानमा अग्रता कायम गरेको छ । आम आदमी पार्टीले २६ ठाउँमा अग्रता कायम गरेको भारतीय संचार माध्यमहरुले जनाएको छ । यसरी निर्वाचनको प्रारम्भिक परिणामलाई हेर्ने हो भने भारतीय जनता पार्टीले कांग्रेस आईलाई पछिमात्र पारेका छैन नयाँ शक्तिकारुपमा आम आदमी पार्टीलाई अगाडि ल्याएको राजनैतिक विश्लेषकहरुले बताएका छन । विश्लेषकहरुका अनुसार दिल्ली, मध्य प्रदेश,राजस्थान र छत्तीसगढको  परिणामलाई हेर्ने हो भने   दिल्ली र राजस्थानमा कांग्रेसले आफ्नो सत्ता गुमाउने देखाएको छ । निर्वाचनको यो परिणामलाई नजर अन्दाज नर्गर्ने हो भने यसले प्रत्यक्षरुपमा आगामी वर्ष भारतमा हुने लोकसभा निर्वाचनमा सत्तारुढ कांग्रेस आई र विपक्षी भारतीय जनता पार्टीको स्थितिको केहुने  हो भन्ने रोडम्याप तयार गरेको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30