शनिबार, जेष्ठ २७, २०८०

भागवण्डा, परिवारवाद, नातावाद र थैलीवाद पार्टीको लागि दुभाग्यको परिसूचक भएको महिला संघको ठहर

काठमाडौँ पौष १६, नेपाली काँग्रेसद्वारा समानुपातिक निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीभित्रका विजयी उम्मेदवारहरूको नामावलीलाई सच्याउन नेपाल महिला संघले नेतृत्वसंग माग गरेको छ ।

संघद्वारा आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष डा डिला संग्रौलाले प्रजातान्त्रिक आन्दोलनमा अग्रमोर्चामा खटिएका निष्ठावान कार्यकर्ता पाखा लगाउँदै पार्टीमा भागवण्डा, परिवारवाद, नातावाद, थैलीवाद तथा सुकिला मुकिलाका भरमा चल्दै जाने प्रवृत्ति विकास हुन थालेकामा चिन्ता र दुभाग्यको परिसूचक भएकोमा चिन्ता व्यक्त गरेका छन । त्यस्तै सम्मेलन पछि जारी विज्ञप्तिमा महिला सहभागिता ३३ प्रतिशत गराउने विषय हात्तीको देखाउने दाँत जस्तो मात्र भएका भन्दै समानुपातिक निर्वाचनमा विजयी उम्मेदवारको नामावली छनोट गर्न बसेको संसदीय दल र केन्द्रीय समिति देखावटी मात्र भएको र यदि त्यसो नभएको भए संविधानसभामा प्राध्यापक, कानुन व्यवसायी, पत्रकार र विषयगत विज्ञहरूको प्रतिनिधित्व गराउन पार्टी नचुक्ने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30