काठमाडौँ पौष १५ ,नेपाल पत्रकार महासङ्घले दुवै मिर्गौला खराब भई लामो समयदेखि अस्वस्थ रहनुभएका पत्रकार बिके पाल्पालीको उपचारका आवश्यक रकम सङ्कलन भएकाले सहयोग जुटाउने अभियान तत्काललाई स्थगन गरेको छ । महासङ्घले पाल्पालीको जीवन बचाउन गत असोज २१ गतेदेखि ‘बिके पाल्पाली बचाऔँ अभियान’अन्र्तगत सञ्चालन गरेका अभियानमा देशविदेशमा रहेका नेपाली पत्रकार र नागरिकले सहयोग गर्नुभएकोमा आर्दिक कृतज्ञता सहित हाललाई सहयोग संकलन अभियान स्थगन गरिएको महासङ्घका महासचिव ओम शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।