भक्तपुर पौष १४, रफत् सञ्चार क्लबद्वारा आज भक्तपुरमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्द पूर्व सभामुख सुवास नेम्वाङले राष्ट्रपति परिवर्तन विवाद सडकमा लैजान नहुने बताउनुभएको छ । त्यस्तै उहाँले प्रस्तुत प्रसंग आफैमा महत्वपूर्ण भएको जिकिर गर्दै यस विषयमा सबै दलहरु बसेर छलफलबाटै टुङ्गो लगाउनुपर्नेमा जोड दिदै निर्वाचनमा प्राप्त जनादेशअनुसार तोकिएको समयमा संविधान लेखनका लागि नेकपा–माओवादीलगायतका साना दलसँग वार्ताको माध्यमबाट सहमति खोज्न जरुरी रहेको र अहिले एकले अर्कोलाई निषेध गर्दै अगाडि बढ्न नहुने बताउँदै दलहरुले निर्वाचनका बेला सार्वजनिक गरेका घोषणापत्रअनुसार एक वर्षभित्रै संविधान निर्माण गर्ने तर्फ क्रियाशील हुनु पर्ने बताउँनु भएकोछ ।