विराटनगर पौष १६ पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले आज जिल्लाभरिका प्रहरी कार्यालय प्रमुखलाई शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिँदै प्रहरी जनताका सेवक हो भन्ने यथार्थतालाई नबिर्सन आग्रह गरेका छन । त्यस्तै उहाँले शान्ति सुरक्षा कायम गर्न, अपराधलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अवैध ओसारपसारलाई रोक्न प्रतिबद्धता व्यक्त गर्दै प्रहरी संगठनको हित विपरीत काम गर्ने कसैलाई छुट नदिने बताउँदै निष्पक्ष भएर जनसेवा गर्न निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।