सोमवार, अशोज ८, २०८०

टेलिभिजन भवनमा भएको आत्मघाती आक्रमणमा दुई पत्रकारको मृत्यु

 इराक एजेन्सी पौष ८ ,बग्दादको उत्तरी भागमा स्थानीय सालाहेदिन टेलिभिजन भवनमा सोमबार चार आत्मघाती बम आक्रमणकारीले आक्रमण गर्दा दुई पत्रकारको मृत्यु  भएको जानकारी प्रहरी अधिकारीहरूले दिएका छन् । टेलिभिजन भवनलाई सुरक्षित बनाउन सुरक्षाकर्मीहरूले कारवाही गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।  उक्त भवनबाट केही पत्रकार भाग्न सफल भएको र अरु अझै त्यहाँ रहेको बताइएको छ ।

सोमबार नै बग्दादको पश्चिमी भागमा इराकी सेनाको केन्द्रमा मोर्टार प्रहार हुँदा दुई सैनिकका साथमा चार अधिकारीको मृत्यु भएको जानकारी सुरक्षा अधिकारीहरूले दिएका छन् ।  यस आक्रमणमा मर्नेमा एक बिग्रेडियर कमान्डर पनि परेको र यो घटना अबु ग्राइब क्षेत्रमा भएको बताइएको छ । सुन्नी समुदायका बाहुल्य भएको अनबर क्षेत्रमा दुई दिनअगाडि सेनाले गरेको कारवाहीमा पाँच वरिष्ठ अधिकारी, एक डिभिजन कमान्डर तथा १० सैनिकको मृत्यु भएको थियो ।  इराकमा सोमबार अन्यत्र भएको हिंसामा थप ११ व्यक्तिको मृत्युभएको बताइएको छ । इराकमा यस वर्षको आरम्भदेखि हालसम्म छ हजार ६५० व्यक्तिको मृत्यु भइसकेको एएफपीले जनाएको छ । एएफपी