काठमाडौँ मंसिर २९ , राजधानीको दशरथ रङ्गशालामा आज भएको सर्वाधिक पुरस्कार सहितको एनसेल कप फुटबल २०७०को पहिलो सेमिफाइनलको खेलको टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाइ ५–४ गोलअन्तरले पराजित गर्दै व्वाइज युनियन क्लब फाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफसम्म दुवै टिमको तर्फ गोल रहित वरावरीमा निकै प्रतिस्प्रधात्मक रहेको थियो। तर खेलको दोस्रो हाफको ४९ औँ मिनेटमा आर्मीका लागि सन्तोष नेपाली पहिलो गोल गर्दै गोल खाता खोले पनि व्वाइज युनियनका शाहीचन्द्र राईले ८० औँ मिनेटमा गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरी गरेका थिए ।
यसरी निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेलेपछि थप गरिएको आधा घण्टाको समयमा खेलले निकै प्रतिस्पर्धात्मक सहित थप रौनकता पाएको थियो । अर्थाथ निर्धारित समयपछि थपिएको आधा घण्टाको समयमा ब्वाइज युनियनका खेलाडी विनोद लामाले खेलको १०१ औँ मिनेटमा एक गोल गरे भने त्यसको एक मिनेट पनि बित्न नपाउँदै आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै खेललाई दुई–दुई गोलको बराबरीमा गरेका थिए । अन्ततदुई–दुई गोलको बराबरी भएपछि आजको खेल टाइब्रेकरमा पुगेको हो ।