बुधबार, अशोज १७, २०८०

क्रिसमसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

 काठमाडौँ, पौष १०, राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा images8दिदीबहिनीमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । विविध सांस्कृतिक परम्पराबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वको संरक्षण र सम्बद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ भन्दै उहाँले यस पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशाका साथ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै गरि क्रिसमसका उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको दोस्रो निर्वाचनपछि देश जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै शान्ति, स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30