शनिबार, अशोज ६, २०८०

काठमाडौंमा आजदेखि निःशुल्क पार्किङको अवधारणा कार्यान्वयन हुँदै

काठमाडौं पौष १३, काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्रका तोकिएका सार्वजनिक स्थानहरुमा सवारी पार्किङ निःशुल्क भएको जनाएको छ । यसअघि पौष १ Parkingगतेदेखि नै महानगरका तोकिएका सार्वजनिक स्थानमा सवारी पार्किङ निःशुल्क गर्ने तयारी गरेपनि पार्किङ ठेकेदार विनोद शाक्यले महानगरका प्रमुख कार्यकारी अधिकृतको एकलौटी निर्णयमा पार्किङ निःशुल्क गर्न नसक्ने भन्दै अदालतमा महानगरपालिका विरुद्ध मुद्दा दर्ता गराएका कारण कार्यान्वयनमा आउँन रोकिएको थियो । तर पुनरावेदन  अदालतले पार्किङ ठेकेदार शाक्यको मुद्धाको खारेजी एवम् महानगरको निःशुल्क पार्किङको अवधारणालाई सदरगरेपछि राजधानीका तोकिएका पार्किङ स्थलहरुमा सवारी साधन राख्दा पैसा तिर्नु नपर्ने ब्यवस्था कार्यान्वयनमा आउँन संभव भएको हो ।

  त्यस्तै महानगर स्रोतका अनुसार नयाँबानेश्वर, न्यूरोडको प्युखा, खिचापोखरी, कालीमाटीसहितका ७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको बुझिएको छ यी स्थानहरुमा पार्किङ गर्दा यसअघि ठेकेदारहरुले प्रति सवारी साधनबाट कम्तिमा १० रुपैयाँ लिदै आएको थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30