काठमाडौँ पौष १३, नेपाली काँग्रेसको संसदीय बोर्डको आज बसेको बैठकले ले समानुपातिकतर्फका सभासद् छनोटको मापदण्ड तयार पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको संसदीय बोर्डले पार्टीमा निरन्तर क्रियाशील, विभिन्न आन्दोलनमा त्यागतपस्या गरेका र पार्टीलाई जस्तोसुकै सङ्कटको घडीमा पनि सहयोग गरेकाहरूलाई पहिलो प्राथमिकतामा राखिएको बताईएको छ । यसैगरी आज तय गरिएको मापदण्डमा क्षेत्रीय सन्तुलन, महिला अल्पसङ्ख्यक क्षेत्रको पनि उचित प्रतिनिधित्व गराउने निति काँग्रेसले अख्तियार गरेको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए।