आइतवार, जेष्ठ १४, २०८०

एमाओवादीको सभासद् छान्ने जिम्मा पार्टी अध्यक्ष लगायतका शिर्षनेताहरुलाई

 काठमाडौँ पौष १४, एनेकपा माओवादीको आज बसेको केन्द्रीय समितिले बैठकले सभासद् छनोटको लागि पाँचबुँदे कार्यविधि पारित गर्दै समानुपातिकतर्फका सभासद्को अन्तिम prachanda-and-baburamटुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले सोमबार समानुपातिक सभासदको अन्तिम सूची बनाउने जिम्मा लिएका छन ।

 पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सबै क्षेत्र, तह र वर्गलाई ध्यानमा राखेर सभासद्छनोटको कामलाई पूर्णता दिन पार्टी अध्यक्ष लगायतका नेताहरुलाई जिम्मा दिईएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।  प्रवक्ता सापकोटाका अनुसार सोही कार्यविधिका आधारमा नेताहरुले पारित कार्यविधिको दायरा भित्ररहेर आज अबेरसम्म समानुपातिकतर्फका सभासद छनोटको काम सम्पन्न गर्ने र भोलि निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको बताउँनु भएको छ । त्यस्तै एनेकपा माओवादीको केन्द्रीय समितिको बैठक आगामी पौष २६ गते बस्ने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30