काठमाडौँ मंसिर २७, राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टरफाइलन खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल प्रहरीलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । आजको खेलमा भएको पराजय पछि नेपाल प्हरी खेलबाटबाहिरिएको छ। आजको खेलमा पहिलो गोल प्रहरीको तर्फबाट पहिलो हाफको २९ औँ मिनेटमा रवीन श्रेष्ठले गरेको थियो भने यसको वदलामा मनाङ मस्र्याङ्दीका दोस्रो हाफको ६८ औँ मिनेटमा सुजल श्रेष्ठ र खेलको ८६ औँ मिनेटमा विदेशी खेलाडी योना एलिसले गरेको गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।