आइतवार, जेष्ठ १४, २०८०

आज तमू गुरुङ समुदायले आफ्नो महान् चाड ल्होछार विभिन्न कार्यक्रम सहित मनाउँदै

   काठमाडौँ, पौष १५ ,आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड ल्होछार विभिन्न कार्यक्रमको आयोजना सहित मनाउँदै छन । त्यसोत गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प वर्षलाई बिदाइ गरी घोडा वर्षलाई स्वागत गर्दै मनाइने तमू ल्होछारका कार्यक्रमहरू गत शनिबारदेखि नै सुरु भएको हो । ल्होछार मूल आयोजक Pravin-1 (1)समितिका महासचिव सूर्य गुरुङका अनुसार आजको कार्यक्रम विशेष हुने बुझिएको छ । ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेल लगायत गुरुङ समुदायको बसोबास भएका विभिन्न स्थानमा गुरुङ समुदाय अन्र्तगत नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले  आफ्नो धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै नयाँ वर्षका रूपमा ल्होछार पर्व मनाईरहेका छन ।

त्यसैगरि ल्होछारका सम्बन्धमा प्राप्त जनाकारी अनुसार ल्होछार कहिलेबाट सुरु भयो भन्नेबारे कुनै पनि प्रामाणिक स्रोत नभएको भए पनि मुख्य गरिकन कालीगण्डकी र बुढीगण्डकीको बीचमा बसोबास गर्ने तमु समुदायको सँस्कृतिका रुपमा गुरुङहरुले अनादि कालदेखि यस परम्परा सुरुवात गरेको विश्वास सहित ल्होछारलाई प्राकृतिक नियमसँग सम्बन्धित अर्थाथ सौर्यमन्डलको गतिअनुरुप मनाईने एक महत्वपूर्ण पर्वका रुपमा मनाउँने गरेको सरस्वती क्याम्पसका सह प्राध्यापक नारायण गुरुङले बताउँनु भएको छ । उहाँका अनुसार पुस १५ गतेबाट पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा फर्कने भएकाले त्यही दिनदेखि गुरुङहरुको नयाँ वर्ष प्रारम्भ हुने बताउँनु भयो । ।

यसैबीच ल्होछारको अवसरमा राष्ट्रपति रामवरण यादवले तमु ल्होछार पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकाना व्यक्त गरेका छन् । देशका सबै क्षेत्रमा बसोबास गर्ने मानव समुदायकाबीच धार्मिक, सांस्कृतिक आस्थासागै देशका सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्बर्धन गर्न यस्ता पर्वले थप योगदान दिदै तमु ल्होसार पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा पनि राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ ।

यसैगरी ल्होसारको अवसरमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न पार्टीहरुले समेत शुभकमना व्यक्त गरेका छन् । पर्वको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30