शुक्रबार, चैत्र १६, २०८०

साफ च्याम्पियनसिप फुटबल उपाधिकालागि आज अफगानिस्तान र भारत भिड्दै

साफ च्याम्पियनशीप फुटबलको नवौं संकरण २०१५ को आयोजना भारतमा गर्ने निर्णय 

 श्रवण झा/काठमाडौं भाद्र २६, राजधानीमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल  उपाधिका लागि आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अफगानिस्तान र भारतबीच फाइनल भिड्दै छन् । ५ पटकको च्याम्पियन भारत  अफगानिस्तानबीचको फाइनल भिडन्त निकै रोमाञ्चक हुने अनुमान   ज्ञाताहरुले   गरेका छन । यसैबीच  साफ च्याम्पियनशीप फुटबलको नवौं संकरण सन् २०१५ को आयोजना भारतले गर्ने भएको छ। काठमाडौंमा भएको साफ कार्यसमितिको बैठकले नवौं साफ च्याम्पियनशीप फुटबल भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।