बुधबार, बैशाख १२, २०८१

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको भिडन्त अफगानिस्तानसंग


समूह ‘ए’ मा रहेको बङ्गलादेश र पाकिस्तान त्यस्तैगरि  समूह ‘बी’मा रहेको श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिए

श्रवण झा/काठमाडौं भाद्र २१, राजधानीमा जारी आठौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको माल्दिभ्स र अफगानिस्तानबीचको  खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि गोलअन्तरको आधारमा माल्दिभ्स समूह ‘बी’ बाट माल्दिभ्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश  गरेको छ । त्यस्तै अफगानिस्तान ७ अङ्कका साथ समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि अफगानिस्तान समूह ‘बी’को उपविजेता बन्दै तथा माल्दिभ्स समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालको भिडन्त साविक उपविजेता अफगानिस्तानसँग हुनेछ भने समूह ‘ए’ को उपविजेता भारतले भने समूह ‘बी’ को विजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’मा रहेको श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिएका छन् भने समूह ‘ए’ मा रहेको बङ्गलादेश र पाकिस्तान पनि यसअघिको खेलबाट नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।