शुक्रबार, चैत्र १६, २०८०

रोहित चन्दले दोहोरो पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले पराजित

श्रवण झा/काठमाडौं भाद्र २३, साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रङ्गशाला खेल मैदानमा आज भएको भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले पराजित भएको छ ।

पहिलो पेनाल्टी अफगानिस्तानका गोलरक्षकले जुमानु राईलाई प्रहार गरेपछिपाएका थिए भने दोस्रो पेनाल्टी चन्दले प्रहार गर्ने समयमा अफगानिस्तानका खेलाडी पेनाल्टी एरियाभित्र प्रवेश गरेपछि रेफ्रीले दोस्रो पेनाल्टी दिएको थियो । नेपालले खेलको दोस्रो हाफको ८५ औँ मिनेटमा पाएको दोहोरो पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । यसरी रोहित चन्दनामका खेलाडीले दुई पटक गरेको पेनाल्टी प्रहारलाई अफगानिस्तानका गोलकिपरले विफल बनाएका थिए ।