शनिबार, बैशाख ८, २०८१

अमेरिका देखि रुवान्डा सम्मको साझा चुनौती बन्दै छ बलात्कारका घट्ना

महिला सम्बन्धी भएका बिभिन्न अध्ययनले महिलाका निकटतम मित्र र पारिवारका सदस्यबाट नै

यौनिक हिसांका घट्नाहरु घट्ने गरेको पछिल्ला अध्ययनले देखाएको 

गिरिसा उपाध्याय/केहि समययता पत्रपत्रिकाका मुख्य खबरहरुमा बलात्कारका घट्ना प्राथमिकताका साथ प्रकाशित भइरहेका छन् । यसरी बढ्दो संख्याका यी खबर बारे जानकारी लिइ रहदा घट्नाहरुलाई अन्तराष्ट्रिय स्तरमा मूल्याङ्कन र बिष्लेषण गर्ने क्रममा त्यसको प्रकृति र प्रवृतिलाई आर्थिक  र राजनितीक स्तरमा मूल्याङ्कन गर्नेु जरुरी हुन्छ । हिंसात्मक घट्ना हुनुमा ब्यक्तिगत आचरण , सोच र मान्यताले एकातर्फ काम गरिरहेको हुन्छ भने अर्कातर्फ योजनाबद्धरुपमा सजाय वा कारवाहिको नाममा पनि यस्ता घट्नाहरु हुने गरेकाछन् । विश्व परिवेशलाई अध्ययन गर्दा समूदायको तल्लो तहको ब्यक्ति देखि उपल्लो तहका ब्यक्तिको संलग्नता समेत बलात्कारका घट्ना भएको पाइन्छ । त्यस्तै अज्ञानता र अशिक्षालाई यसको कारक तत्वको रुपमा मान्ने हो भने त्यो गलत साबित हुन जान्छ ।विस्तृत रुपमा अध्ययन गर्दा शिक्षित देखि अशिक्षित र धनी देखि गरिब सम्म सिकार बनेकाछन् बलात्कार जस्ता जघन्य अपराधिक घट्नाको । यसरी परिर्वतीत र सभ्य समाजमा बलात्कारजन्य घट्नाहरु किन बढीरहेका छन् त ?

बिश्व परिवर्तनको संघारमा उभिरहदा अझै पनि साउथ अफरिकामा मात्रै प्रत्येक ९० सेकेण्डमा एक महिला बलात्कारको सिकार हुने गरेको तथ्याङ्कले देखाएकोछ । आँखिर के बलात्कारका घट्ना अहिले मात्रै हुंदै आएका हुन् त रु किन जघन्य अपराघहरुले सदियौ देखि अल्पबिकसीत देश होस् वा अतिबिकसित देशमा जडो गाडेर साझा समस्याको रुपमा चुनौती दिदै छ त आजको समाजलाई ।  यसरी बढ्दो घट्नाका प्रवृतिलाई हेर्दा बिगत र बर्तमानलाई एक पल्ट अध्ययन गर्नु जरुरी छ । भनिन्छ नि कहिन कहि बिगतले वर्तमानमा केहि सकारात्मक त केहि नकारात्मक असर पारिरहेको हुन्छ । यहाँ निर विगतलाई हेर्दा एउटा भनाई उपर्युक्त ठहरिन्छ “Vioilence lead to to culture “ यसरी यो भनाईलाई आधार मानेर हेर्ने हो भने दोस्रो बिश्व युद्ध ताका शक्ति संघर्षका बेला हतियारको रुपमा प्रयोग हुदैं आएको थियो बलात्कार । हामीले कुनै पनि ब्यक्ति , समाज , स्थान र त्यहाँको परिबेशलाई त्यसको बिगतले प्रत्यक्ष असर पार्छ भनेझै आज पनि हामी परम्परागत आचरण मानसिकता र सोचलाई त्यही वा ठिक उल्टो स्वरुपमा सोहि मानसिकतालाई पछाई रहेकाछौ । यसको प्रत्यक्ष उदाहरण हो बारम्बार दोहरिरहने हिंसात्मक प्रवृति र बिचार  । यसरी बिश्व युद्धताका बलात्कारको मुख्य कारणको रुपमा बिद्धोही अर्थात् बिपक्षीले आफ्ना सत्रु पक्षका सम्बन्धीत महिलालाई बलात्कार गरेर नियन्त्रणमा लिने र कमजोर पार्ने रहेको थियो । सम्बन्धित महिलामाथि दुरब्यबहार गरि बिपक्षी पुरुषहरुलाई हतोत्साहित बनाइ उनीहरुको मनोबल घटाउने प्रवृतिका रुपमा बिकसित हंदै गएको बलात्कारका घट्नाले आजको जस्तो मानवीय मूल्यमान्यता अंगालेको समाजमा पनि निरन्ता पाइरहनु आफैमा दुखद घट्ना हो ।

 दुश्मनको उत्साह हतोत्साहित पार्न होस् या युद्धको अस्त्रको रुपमा प्रयोग हुदै आएका महिला आजको २१ शताब्दी सम्म आइपुग्दा समेत बस्तु र सम्पत्तीको रुपमा प्रयोग हुदै आउनु यो समाज प्रतिको तिखो ब्यंग्य हो । यसरी महिला हिसां ,र यौनिक हिंसा जस्ता दैनिय घट्नाहरुको बिकास युद्धग्रस्त क्षेत्र हुदै अन्य मुलुकहरुमा पनि समाजिक समस्याको रुपमा स्थिापित हुदै गइरहेकोछ । तात्कालीन समयमा सैनिकहरु मानसिक रुपमा दबाबमा रहदा यस प्रकारका जघन्य अपराधहरु गर्दे आइरहेको सम्बन्धित अध्ययनले देखाएकोछ । जसको प्रभाब स्वरुप अझै पनि हामी द्धोन्द ग्रस्त देशहरुमा यही नियती दोहरी रहेको पाउँछौ । जसको प्रत्यक्ष उदाहरणका रुपमा हामी नेपालमा द्धोन्द्धकालीन अबस्थामा महिलाहरु बलात्कृत र बहुबिबाहको सिकार भएका घट्नाहरु हेर्ने हो भने पनि यी कुराहरु स्पष्ट हुन्छ । त्यस्तै युद्धकालमा रुवान्डाको कथा पनि कम दर्दनाक छैन । रुवान्डामा मात्रै ५ लाख महिलाहरु बलात्कारको सिकार भएका थिए । भने पाकिस्तानको स्थिती पनी त्यो भन्दा कम दर्दनाक छैन ।timthumb

पाकिस्तानका ७५ प्रतिशत महिलाहरु आफ्नो जिवनकालमा यौन हिंसाको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ । यसरी हामीले बलात्कार र हिंसा पिडीतको कुरा गर्दा महिलामात्र हिंसाको सिकार हुने गरेका छन् भन्यौ भने त्यो गलत हुन्छ किनभने हाल विश्वमा भइरहेको कुल हिंसाको एक प्रतिशत हिंसाको सिकार पुरुष हरु हुने गरेका छन् । पुरुष माथि हुने हिंसा होस् या महिला माथि हुने हिंसा अपराध हो । यस्ता हिसांले महिला होस् वा पुरुष माथि पार्ने मानसिक र शारिरिक तनाब उत्तिकै हुन्छ । त्यस्ता घट्नाले पार्ने दुर्गामी असर पनि त्यतिकै हुन्छ । Culture अर्थात् संस्कृति कुनै पनि देशको संस्कृतिलाई त्यहाँका प्रत्येक राम्रा नराम्रा कुराले प्रतिनिधीत्व र मूल्याङ्कन गरिरहेको हुन्छ । यि घट्नाहरुले कुनै पनि समाजको सभ्यताको प्रतिनिधित्व मात्र र्गदैन त्यस समाजको मानसिकतालाई समेत उजागर गर्दछ । तसर्थ यस्ता घट्ना एक ब्यक्तिको समस्या मात्र नभई सिङ्गो समाजको साझा समस्या हो । यसरी महिला सम्बन्धी भएका बिभिन्न अध्ययनले महिलाका निकटतम मित्र र पारिवारका सदस्यबाट नै यौनिक हिसांका घट्नाहरु घट्ने गरेको पछिल्ला अध्ययनले देखाएकोछ ।

सन् २०१२ मा newyourktimes ले गरेको एक अध्ययन प्रतिबेदन हेर्ने हो भने सबै भन्दा बढी सामाजिक परिबन्ध भएका मुस्लीम महिलाहरु आफ्नै घरभित्र यौनहिंसाको सिकार हुने गरेको एक अध्ययनले देखाएको छ । यसरी समाजीक परिबन्धका बाबजुद मुस्लिम समुदायका महिला यस्ता जघन्य अपराध बाट मुक्त हुन सकिरहेका छैनन् । यसरी यौन हिंसाको मुख्य कारक तत्वको रुपमा आर्थीक समस्या र बैद्धिक दरिद्धता भएको आम मान्यता छ तर त्यसको ठिक बिपरीत US Bureau of justice  को Report लाई अध्ययन गर्ने हो भने यसरी अतिबिकसीत राष्ट्र र बिश्वमा एक छत्र राज गर्द आजएको देश यूएसमा मात्रै नजिकको ब्यक्ति बाट २७ प्रतिशत महिलाहरु यौन हिसांको सिकार भइरहेकाछन् । भने यस्तै अर्को अति बिकसित देश अस्टेलियाको हालत पनि त्यो भन्दा केहि कम छैन । यसरी अस्टेलिका ३७ प्रतिशत महिलाहरु आफ्नो नजिकका ब्यक्ति बाट यौनहिंसा खेपिरहेकाछन् । त्यसै गरी यूकेमा ४५.४ प्रतिशत महिलाहरु यौन हिंसाको सिकार भइरहेकाछन् । भने USA मा  ७ प्रतिशत , अस्टेलियामा १० प्रतिशत र Uk मा १३.९ प्रतिशत महिलाहरु अन्य नातेदार बाट हिन्सा खेप्न बाध्य भएको  देखिन्छ ।  । यो त भयो सम्बृद्धशाली, शक्तीशाली देशमा महिलामाथि हुने हिंसाको स्थिती र प्रवृति । के हिसां को कुनै उमेर समूह हुन्छ त ? हालै मात्र नेपालमा  भएको एक ६० बर्षे बृद्धाको बलात्कारको घट्ना होस या केहि समय अगाडी तिन बर्षेया बालिका माथि भएको बलात्कारको घट्ना हेर्दा होस् अपराघी लाई अपराध गर्ने उमेरले छेक्छ भन्नु निरर्थक हुने कुरालाई पुष्टी र्गछ ,यस्ता खबरले । के हाम्रा जस्तो अशिक्षित मुलुकमा मात्र यस्ता घट्ना  हुने गरेका छन् त ।  बिश्वका कतिपय आर्थिक अधिपत्य जमाइरहेका मुलुकमा समेत यस्ता घट्नाहरु हुने गरेका छन् । यसरी २००२ मा Research artical from the home officein England & Wales  को रिर्पोटले २० महिला मध्ये एक महिला स्रोह बर्षको उमेर सम्ममा कुनै पनि प्रकृतिको बलात्कारको सिकार हुने गरेको देखाएको छ ।

यसरी बालबलत्कारको घट्नालाई पनि नजिक बाट नियाल्ने हो भने कुल घट्नाहरुमा कोस्टारिकामा ४६ प्रतिशत र स्पेन ४५ प्रतिशत , स्वर्जरल्याण्ड ३७  प्रतिशत, नर्वो २३ प्रतिशत , क्यान्डामा १८ प्रतिशत , र पाकिस्तानमा १७ प्रतिशत बालिकाहरु बलात्कृत हुने गरेकाछन् । भने श्रीलंकाका १२ प्रतिशतले आफूहरु  बाल्यकालमा बलात्कृत भएको बताएका थिए । यो त भयो अन्तराष्ट्रिय स्तरमा हुने हिसांको स्थिती । यसरी विश्वपरिबेश सँग नेपालको मूल्यङ्कन गर्ने हो भने यहाँको अबस्था पनि कम दर्दनाक छैन । नेपालमा मात्रै ५० प्रतिशत भन्दा बढी सोह्र बर्ष भन्दा मुनिका बालिकाहरु बलात्कृत हुनेगरेका छन् । जसमा पछिल्लो समय बालबालिका माथि हुने यौनजन्य हिंसाका प्रवृति अझै बढ्दो छ । सामान्य तया घरमा सुरक्षित मानियका महिलाहरु यि घट्नाबाट आफ्नै घरमा असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । यसरी बलात्कारको संस्कृति घट्ना रप्रवृति हेर्दा त्यसपछाडीका आर्थिक , समाजिक र मानसिक कारणलाई कारक तत्वको रुपमा ठह्याइएपनि यस्ता दर्दनाक र कुख्यात दुर्गामी असरपार्ने समाजिक साझा समस्याहरु आजको विश्व परिबेशमा साझा समस्या र चुनौतिको रुपमा खडाभएको छ । बिज्ञान र प्रबिधी सँग संघर्ष गर्दे सिङ्गो प्रकृतीलाई चुनौति दिने आजका बिकसीत राष्ट्रले ठूला ठूला क्षेप्यास्त्र निर्माणमा मात्र केन्द्र रहनु भन्दा सिङ्गो समाजलाई प्रभाब पार्ने र सिङ्गो समाजको चित्रण गर्ने यस्ता घट्नाहरु प्रति ध्यान दिइ यसको निराकरणका लागी सचेत पार्ने आवश्यक अभ्यास समयमै चालेनन् भने यसको प्रत्यक्ष मानसिक सिकार भबिष्यका सन्ततीमाथि समेत पर्ने छ । जुन खतराको मुल्याङ्कन समयमै गरी आवश्यक कदम चालनु पर्ने देखिन्छ ।

दोस्रो विश्व युद्ध ताका यसरी युद्द अस्त्रको रुपमा अपनाइएको बलात्कारका घट्नाले आजको एकासौ शाताब्दी सम्म पनि निरन्तरता पाइरहनु आफैमा बिडम्बना र बिकसित समाज प्रतिको तोखो ब्यंग्य प्रहार हो । अझै पनि यसतर्फ सम्पूर्ण बिकाशसिल देखी अतिबिकसीत देशस)ग हातेमालो गरेर यस्ता साझा समस्या प्रति बेलैमा सजक भएनन् भने यस्ता कंलकीत प्रबृतिले प्राथमिकता पाउँदै एउटा समाजिक नियती र संस्कृतिको रुप प्राप्त गर्ने खतरा विश्व समुदायसामू बढ्दै जाने निश्चि छ । बारम्बार बलात्कारका घट्नाहरु सार्बजनिक भइरहदा त्यसको कारकतत्व र त्यस पछाडीका कारणहरु समेत पत्ता लगाई यस्ता प्रबृतिलाई निरुसाहित पार्ने , सामाजिक , मानसिक र कानूनी उपचार लगायतका बिषयमा ध्यान दिनु जरुरी छ । यसरी दिन दिनै एकासौ शताब्दी जस्तो बिकसीत समाजमा पनि बलात्कारका घट्ना बढ्नु आफैमा प्रगतिशिल , गतिशिल र मानबिय मुल्यमान्यतालाई अंगालेको समाज र शताब्दी प्रतिनै तिखो ब्यंग्य हो ।