शुक्रबार, मंसिर २३, २०७९

माओवादी सुप्रिमो प्रचण्डको मधेस प्रेम आफैमा ”फल्स लभ” एवम् मधेसी जनतासॅग हुने अर्को धोका

जसले मधेस आन्दोलनलाई दबाउने कुचेष्टाको कुरा गरे आज उसले

मधेसको मिथिला प्रदेशबाट लडने कुरागर्दै हिडिरहेका छन

प्रचण्डको मधेससॅगको प्रेम मधेसी जनतालाई देखाएको अर्को लॅली पप हो

माओवादीको मधेससॅग परेको लभ मगरमच्छको आँशु समान हो

काठमाडौँ  असोज ५, हेमन्त जयकर/  एमाओवादीका सुप्रिमो प्रचण्ड आफू मिथिला प्रदेशबाट आउने संविधानसभाको चुनावमा उठ्ने कुरा केहीदिन पूर्व  मधेशको प्राचीन मिथिला नगरीमा उपस्थित नागरिक समाज एवं बृद्धिजीवी समक्ष घोषणा गरे।मधेसी जनताको लागि यो कुनै नवीन कुरा थिएन। केही महिना पूर्व कामरेड प्रचण्डले मधेससॅग आफूलाई लभ परको मधेस र मधेसी जनता समक्ष गरेको आव्हान सबैले सुनेको नै थियो। आफू मधेस र मधेस बिरोधी नभएको प्रचण्ड राजधानीबाट मधेस झर्दा बारम्बार मधेसी समुदाय समक्ष विभिन्न तर्क दिॅदै बोल्दै आएको जगजाहेरनै छ ।

माओवादी अध्यक्ष प्रचण्डले आफू मधेसको छोरा र मैले नै मधेसी मुद्दालाई राष्ट्रियकरण गरेको हो भन्ने सम्म उनको विभिन्न अभिव्यक्तिहरूमा यदकदा आउने गर्छ। सबाल यो छ कि माओवादी सुप्रिमो प्रचण्लाई सही अर्थमा मधेससॅग उनको लभ(प्रेम) प्रसॅग चलेको हो कि सिद्धान्त परक उनको अभिप्राय आउने संविधानसभाको चुनाव लक्षित हो।सही अर्थमा जबसम्म समीक्षा हुँदैन,उहाँको मधेस प्रेम आफैमा  ”फल्स लभ” एवम् मधेसी जनतासॅग हुने अर्को धोखा भन्नु गलत नहोला।

नेकपा माओवादी संगठनलाई २०५२  साल देखि  १० वर्ष सम्म नेपाली निमुखा जनताले आफना अधिकार प्राप्तिका लागि जनयुद्धमा त्यतिखेर साथ दिए र उनीसॅग लडे।माओवादीको जनयुद्ध नयाँ नेपालको परिकल्पनाको जगमा त्यतिखेर खडा भएको थियो।यो जनयुद्ध करिब २५०वर्ष देखि गाँजिएर रहेको राज्य सत्ता बिरूद्ध थियो। यो जनयुद्ध राज्यद्वारा उत्पीडनमा राखिएको समस्त मधेसी ,आदिबासी,जनजाति,मुस्लिम,पिछडावर्ग एवं सिमान्तकृत समुदायको निम्ति रहेको थियो। यसको प्रमुख बागडोर सुप्रिमो प्रचण्डको काँधमा थियो।बिगत २५० वर्ष देखि मधेसी जनता स्वयं यो पीडाको एक हिस्सा थियो।मधेसको यही मुक्ति अभियानका निम्ति त्यतिखेर माओवादी जनयुद्धलाई मधेसी जनताले पनि अरू समान साथ दिएको थियो। जयकृष्ण गोइत र ज्वालासिंह स्वयं यसै अंगका पात्र हुन। जो बिगत लामो समय देखि मधेस मुक्तिका लागि आफनो छुटै संघर्षको अवधारणा लिएर अगाडि बढेको पाईन्छ।

इतिहासका  दस्तावेज केलाउने हो भने मधेसी समुदायले इतिहासका विभिन्न कालखण्डमा लोकतन्त्र बचाउनका निम्ति आफनो अग्नि परिक्षा नेपाली जनता समक्ष दिॅदै आएको तथ्य पाईन्छ। पंचायती व्यवस्था बिरूद्धको आन्दोलन होस या राणा शासन बिरूद्धको आन्दोलन या ०४६ सालको जन- आन्दोलन होस तथा शाही शासन बिरूद्धको ०६३/६३   को जनआन्दोलन होस मधेसी जनताले आफनो भूमिका अग्रस्थानमा देखाए।मधेसी जनताले पर्वते समुदायसॅग काँधमा-काँध मिलाएर साथ दिएको इतिहास रहेको पाईन्छ।तर मधेसी जनताले राज्यको नागरिकको सबालमा कहिले बराबरको साझेदारी पाउन सकेन। तर बिडम्बना के रह्यो भने मधेसी जनतालाई सॅधै राज्यले दोस्रो दर्जाका नागरिक सरह व्यवहार गरे। माओवादी जनयुद्धलाई मधेसी जनताले कही न कही साथ दिनुको पछाडी एउटा पीडा यो पनि थियो। तर नश्ल विभेदी व्यवहार मधेसी जनताले यहाँ पनि उपहार स्वरूप पाए। अब मधेसी जनताको धर्यको सीमा टुटी सकेको थियो।मधेसी जनताले आफनो अधिकार र पहिचान प्राप्तिको लडाई स्वयं लडनु पर्ने आवश्यकता महशुस गरे र परिणाम स्वरूप मधेस आन्दोलन एउटा ठूलो बिद्रोहको रूप लियो जसले मधेस मुद्दालाई केबल राष्ट्रिय स्तरमा न की अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गरायो।”मधेसी जनअधिकार फोरम” को नेतृत्वमा मधेस आन्दोलन अगाडि बढ्यो।prachanda5

प्रचण्डको मधेस प्रेम र मधेस आन्दोलनको पृष्ठ भूमि बाँधनु यो लेखको लागि आवश्यक थियो।अब सबाल माओवादी सुप्रिमो प्रचण्डको मधेस प्रेम गाथासॅग जोडिएर आउॅदा सबाल के रह्यो भन्दा जसले दश वर्ष सम्म जनयुद्ध संघीयताको मुद्दा उठाएर सम्पूर्ण देशमा संगठन तैयार गरे उसैले शान्ति प्रकृया हॅुदै अंतरिम संविधानको मस्यौदा निर्माणमा जनयुद्धको मूल मर्म संघीयता जस्तो शब्द किन लेख्न छाड्यो एवम् बिर्सियो रु प्रचण्डले नेपाली काँगे्रस र एमाले समान संघीयतालाई मधेस प्रति आफनो रूखो व्यवहार प्रस्तुत गर्न थाले।उनले संघीयता भएमा मधेश मधेसमा मात्र होईन राज्य सत्तामा समेत मधेस मजबूत हुने देखे।परिणामस्वरूप संघीयता शब्द अंतरिम संविधानमा लिपिबद्ध गराउनका निम्ति मधेस आन्दोलन भयो जसमा ५२ जना मधेसी सहीद हुन पुगे।  प्रचण्डको मधेसॅग भएको लभ प्रसॅगमा थप अर्को पनि सबाल खडा हुन आउॅछ कि मधेस आन्दोलन आफनो उग्र रूप धारण गरिसकेको अवस्थामा स्वयं प्रचण्डले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासॅ आग्रह गरे कि मलाई आदेश दिनु म आफनो लडाकू माओवादी जथाको एक टुक्रा पठाउॅ छु मेरो लडाकूले एक दिनमा मधेस आन्दोलनलाई निस्तेज पार्ने छ।माओवादी प्रचण्डको मधेससॅगको प्रेम   बिगतको घटनाले प्रष्ट पारेको छ।जसले मधेस आन्दोलनलाई दबाउने कुचेष्टाको कुरा गरे आज उसले मधेसको मिथिला प्रदेशबाट लडने कुरा गर्दै हिडिरहेका  छन ।

माओवादी प्रचण्डको मधेस प्रतिको लभ प्रसॅगको गाथा गीतमा एउटा सबाल अझै चर्को रूपमा उठन आउॅछ।माओवादी अध्यक्ष प्रचण्ड आफनो दलमा रहेको एक से एक क्रान्तिकारी मधेसी माओवादी नेताहरूलाई बिस्तारै बाईपास लगाउॅदै आएका छन।जययुद्ध बेलामा जयकृष्ण गोइत र ज्वालासिंह जस्ता मधेसी क्रान्किारी नेता बाईपास भएकै हो।जनयुद्ध पछि मात्रिका यादब बाईपास गरियो।माओवादी दलभित्र मधेसको सबालमा ठूलो-ठूलो कुरा गर्ने र मधेस प्रति बढी र माओवादी दलप्रति कम झुकाब देखाउनेलाई प्रचण्डले सिधा बाईपास गर्ने गरेको छ। माओवादी नेता मात्रिका यादब स्वयं मिथिलाको धनुषाबाट आउॅछ।संविधानसभाको चुनाव पश्चात संविधानसभाको हॅल भित्रै सभासदको सपथ प्रकरण हुँदा माओवादी नेता मात्रिका यादबले आफू नेपाली भाषाको स्थानमा मैथलि भाषामा शपथ लिने कुरा राख्दा प्रचण्ड मात्रिका प्रति यो अडानलाई लिएर आक्रोशित भए,तत्कालिन माओवादी नेता पम्फा भुसालले प्रचण्डले नेपाली भाषामा नै शपथ लिन भनेको छ भनेर आग्रह गर्दा आफू मैथलि भाषामा नै शपथ लिने कुरा प्रचण्डलाई भनि दिनु भने।पछि प्रचण्ड स्वयं नेपाली भाषामा शपथ लिन फोनबाट आग्रह गरे।मात्रिका यादब र प्रचण्ड बीचको मिथिला प्रेम र मधेससॅग भएको लभ कुन प्रतिशतमा छ यसबाट पनि स्पष्ट हुन्छ।

संविधानसभाको अवसान हुनु भन्दा पूर्व नेपाली काँगे्रस र एमालेसॅग साँठगाँठ गरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा समक्ष  ११ प्रदेशको खाका अगाडि सारे जसमा मधेसलाई पाँच टुक्रामा बिभाजन गरिए ।संघीयता प्रति प्रचण्ड एवं सम्पूर्ण माओवादी दलको स्पष्ट धारणा यहाँ निर प्रष्ट भएको छ। एक थरी प्रचण्ड आफै बिवाद समाधान समितिको अध्यक्ष स्वयं त्यतिखेर रहेको थियो।चाहेको भए विवाद समाधान समितिको अध्यक्ष हैसियतले सहमति हुन बाँकी मुद्दा एवं विषयमाथि भोटिङ प्रक्रियाबाट समाधान गर्ने निर्णय लिएकोभए आज जनताको संविधान अहिले हातमा हुन्थ्यो।तर प्रचण्डले संविधान बने भने संघियता आउॅछ र संघियाता आएभने मधेस मजबूत हुने साथ(साथ उत्पीडनमा पडेको सम्पूर्ण समुदायले अधिकार प्राप्त भई आफ्नो राजनीति समाप्त हुने डरले गर्दा उनले त्यसो हुँन दिएनन ।

संविधानसभाको दोस्रो चुनाव फेरि एक चोटी हुनेवाला छ।मधेसी जनताले मधेसको सबालमा नेपाली काँगे्रस,एमाले र स्वयं माओवादी पार्टी एक रहेको बुझनु पर्छ।माथि उल्लेखित घटनाक्रमले यही कुरा सिद्ध गर्छ।माओवादीको मधेससॅग परेको लभ मगरमच्छको आँशु समान हो भन्ने कुराको चेत अहिले देखि नै हुनुपर्छ।प्रचण्डको मधेससॅगको प्रेम मधेसी जनतालाई देखाएको अर्को लॅली पॅप हो।  मधेसीको अधिकार मधेसी जनताको संघर्षबाट नै प्राप्ति हुने छ।मधेसी जनताको संघर्ष अहिले समाप्त भएको छैन।राज्यको शासनप्रणाली अझ मधेसी जनताको हातमा नरहेको तथ्य विदितै छ।मधेस बिद्रोहले धेरै कुरा दिएको छ भने संविधानसभाको विघटनले थेप्रैकुरा गुमेको पनि छ । मधेसी जनताले समावेशी संघीय लोकतान्त्रिक गणतान्त्रिक नयाँ नेपालको लागि स्वयं अग्रसर हुनु पर्छ न की बिगत झैं अरूको पछाडी हिडेर प्राप्ति हुन्छ। त्यसअर्थमा पनि मधेसी जनता समयमै मधेस बिरोधी एवम् संघियता बिरोधी सॅग सचेत हुनु नितान्त आवश्यक मात्र हैन जरुरी भईसकेको छ ।  प्रस्तुत विचार लेखकको निजी भएका कारण, यसमा प्रतिक्रिया वा एसएमएस कालागि – nepaljanaki@gmail.com

  

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031