शुक्रबार, मंसिर २३, २०७९

तीज-महिला जागरणको सामाजिक पाटो

(तिजपर्वको अवसरमा राजधानीको हनुमानढोका दरवार परिसमा भेला भएका ब्रतालुहरुको जमात)

काठमाडौं भाद्र २२/ गिरीसा उपाध्याय /   तीज, सामाजिक परम्परागत संरचनाको धरातलबाट माथि उठ्न नसकेको वर्तमान नेपाली समाजमा निर्णायक क्षेत्रबाट टाढा बस्न बाध्य भएका महिलाहरुको दुःख पोख्ने एउटा अवसर बनेको छ नेपालमा । त्यसमा पनि दुर्गम ग्रामिण क्षेत्रमा बस्ने महिलाको अबस्था झनै दर्दनाक छ । त्यसमाथि पनि आर्थिक, सामाजीक र सांस्कृतिक हैसियतबाट टाढा रहेका दुर्गम क्षेत्रका महिलाको  तीज एउटा 

यस्तो अबसर हो जहाँ सम्पूर्ण महिलाले आफ्ना दमित भावना खुलेर बाहिर ल्याउने गर्दछन् । घर, पसल, रेडियो, टेलिभिजन होस् या सार्बजनिक सवारीसाधनमा जताततै  तीजका बिभिन्न भाकाका गित बजिरहेका छन् । तिजको सन्दर्भमा महिलामा छाउने उत्साह र उनीहरुले गरेको अनुभब स्वतन्त्रतालाई हेर्ने हो भने कथित समाजमा निर्णायक भुमिका निर्बाह गर्दै आइरहेका पुरुष र महिलाका बिचमा रहेको बिभेदका कारण समाजमा अनेकौ दुखद घट्ना हुने गरेका छन् । हाल मानब मानब बिचमा बिभेदको क्रम बढ्दै जाँदा समाजमा Class  / sub Classes निर्माण हुँदै     गइरहेका छन् ।   यती खेर नेपाल Traditional Feaudalistic Socio_ policatical structure af6 Inclusive Democratic system    मा आइपुगेको अबस्थामा पनि ति समाजबाट तिस्कृत महिलाको स्थिती भने अझै र्जजित अबस्थामा रहेकोछ ।

सदियौ देखि परम्परागत रुपमा लादिएको जिम्मेवारी , कथित दायित्व र अघिकारका बिचमा बाँधिएर बाँच्ने नेपाली महिला आफ्ना पिडा, मर्म , ब्यथालाई तिजका गित मार्फत उजागर गर्ने गरेका छन् । यसरी हेर्दा तिजको आफ्नै धार्मिक महत्व भएपनि सो अबसरलाई मनाउने क्रममा स्वयम् महिला बाट निस्किएका बिभिन्न भाकाका गितमा लुकेका वेदनाका शब्दले उनीहरुको तितो यथार्थतालाई उजागर गर्ने गरेको छ । वर्षौदेखि पुरुष बादी समाजबाट प्रताडित हुदै आएका हिन्दु महिलाको आफ्नो हक अघिकार र चेतनास्तरलाई उजागर गर्ने चोटीलो माध्यम बनेको छ  तीज।
समयको परिवेष संगसंगै एक छोरी ,बुहारी ,आमा हुँदै एक सासुको भुमिका निर्वाह गर्ने पुग्छे । यसरी बिभिन्न रुपमा रुपान्तरित हुँदै जाँदा उ भित्र दमित भावनास्वरुप अन्तरंग हुने बिचारका साथै भाषा , शैली र दृष्टिकोणमा समेत परिवर्तन आउने र्गदछ । त्यो परिवर्तनमा उसले समयानुकुल भोगेका भोगाइ र कुन्ठित रुपमा दम्बीत भएका चाहाना लाई प्रतिकार स्वरुप त्यही घट्ना र परिस्थितीको सिर्जना पछिल्ला पिढीमा देखाउने गर्दछन् । यहाँ लामो समय देखि पिडीतले आफुमाथि भएका अन्यायको प्रतिकार स्वरुप आफ्ना पछिल्ला पिढी माथि दमन गर्न थाल्छन् । teej-dance-2011समाज, परम्परा, संस्कृतिको खोक्रो आदर्शका नाममा बर्षभरी आफ्नै निकट्तम ब्यक्तिको इच्छा चाहना अनुरुप आफुलाई ढाल्दै आफु स्वयम्का इच्छा चाहानालाई कुन्ठित गरेर बसेका ति महिलाहरु आफ्ना गुनासो र चेतन मनले दिएका बिदोही स्वभाबलाई  तीजकै गितका माध्यम बाट बाहिर ल्याउने गरेका छन् ।
तिजका गितमा उठ्ने गरेका विद्रोही चेतनाका भाषालाई हामीले समान्य रुपमा बुझे पनि त्यो भाषा र शैलीमा आएको एकरुपता र सहभागीतालाई हेर्दा यस लाई सोसल मुभमेन्टको रुपमा लिन सकिन्छ । सोसल मुभमेन्ट यस अर्थमा कि ति बिद्रोही स्वभाबमा केबल पिडित महिलामात्र नभएर सिङ्गोमहिलाहरुको सहभागीता र समर्थन रहन्छ । तत्कालीन समयमा यसले खासै ठूलो नतिजा नदिएपनि यो महिलाहरुको त्यो दमित भावना र आँट्को बिम्ब हो जसका निम्ती यदी महिला साँचै प्रतिकारमा उत्रीए भने…? जस्ता प्रश्न एक पल्ट सोच्न बाध्य पार्छ । बर्षै सम्म अबिबाहित हुँदा सम्म बाबु आमाको इच्छा अनुसार र विबाह पश्चात सासु ससुरा र श्रीमान्को चाहाना अनुरुप बाँचिरहेका महिला तिजको समयमा त्यही बाबु आमालाई शिक्षा नदिएकोमा र सासु ससुरा र श्रीमान् प्रति तिखो ब्यंग्य प्रहार गर्दैं स्वनिर्णय , स्वतन्त्रता र सम्पत्ति प्रतिको अधिकारका बारेमा खुलेर गित मार्फत अभिब्यक्त गर्दछन् । जुन अभिब्यक्ति समाजका लागी मात्र भएपनि त्यसभित्र लुकेका भावना र सन्देशहरु वर्षौ देखिका हुनाले हामी यो चाडले चाहेमा ठूलो परिवर्तन दिन सक्छ भन्न सक्छौ । तसर्थ यो एउटा प्रतिकारात्मक सोसल मुभमेन्ट हो । पतिलाई परमेश्वर मान्दै अर्थात् सर्वोपरि ठानेर त्यही पतिको दिर्घायुको कामना गर्दे निराहार व्रत बसेका महिला तिजी गितका क्रममा श्रीमान्ले गरेका शारिरीक, आर्थीक तथा मानसिक र सांस्कृतीक चेतना स्तरलाई उकास्दै तिखो ब्यग्यका साथ उभिन्छन् र त्यस्ता दमित भावना लाई यसरी सामूहिक रुपमा बाहिर ल्याइरहदा अन्याय सहेर बसिरहेका महिलाहरुलाई अन्यायका बिरुद्ध लड्नका लागी उत्साह, प्रेरणा र साहस समेत बटुल्न मद्धत गर्दछ । यसरी हेर्दा महिलाको उन्मुक्तिको बिम्बको रुपमा उजागर भएका   तीजे गित माथि टेकेर महिलाहरुले बिद्रोही स्वभाबको इतिहास निर्माण गर्दै मानबिय ब्यबहार र आचरणको प्रतिनिधीत्व गर्दछन् ।
एकातिरबाट हेर्दा  तीजी गीत मनोरञ्जनको शसक्त पाटोको रुपमा देखिएपनि त्यसलाई सुस्म रुपमा बिष्लेषण गर्ने हो भने गीतमा महिलाहरुको त्यो दुख, पिडा, चिन्ता, हर्ष, बिस्मात, बिद्रोह, उन्मुक्ति र मनोरञ्जन सबैको आवाज मिश्रीत भएको सहजै बोध गर्न सकिन्छ ।
 स्वतःस्फुर्त बोलेका तिजे महिलाका भाकामा, सम्यता, संस्कार र परम्पराका नाममा निर्मित दमनकारी संरचनालाई तोडेर बाहिर आउने एक उर्जाशिल शक्ति देखिन्छ । त्यस्तै गीतको भावमा स्वतन्त्र र स्वाधीन भएर आफ्नो अघिकार र चेतनाको स्तरलाई उजागर गर्दछन् । तीजमा महिला अभिब्यक्तिका लागि बढी स्वतन्त्र हुन्छन् । श्रीमती श्रीमानको अन्याय, अत्याचार र दमन बिरुद्ध उभिन्छन् भने बुहारी सासुको दमनकारी ब्यबहार बिरुद्ध बोल्छन् । अनी प्रत्येक महिलाका भोगाइ जस्तै दमन अत्याचार र शोषणका कथा ब्यथा आफैमा सामूहिक भाव बनेर गुञ्जन थाल्छन् । त्यो समुहिक रुपमा आएको सशक्त आवाज महिलाका हकअघिकार प्रतिस्थापित गर्ने मार्गमा सामाजीक जागरणको अचुक अस्त्रका रुपमा देखापर्न थाल्छन । यस अर्थमा पनि आफ्ना चाहानहरुका लागी खुल्ला रुपमा प्रस्तुत् हुदै सम्पूर्ण महिला एक सुरमा अदृश्य रुपमा सामुहिक प्रतिकारमा उत्रने हुदाँ  तीज महिलाहरुको सकारात्मक शक्ति लाई सहि मुल्याङ्कन गर्ने सक्ने एक शसक्त पनि माध्यम बनेको छ । गत वर्ष २०६९ मा महिलाहरुको महान पर्व तिजको अवसरमा प्रकाशित प्रस्तुत लेखलाइ पून प्रकाशित गरिएको छ। -(स)