शुक्रबार, चैत्र १६, २०८०

श्रावणको दोस्रो साता देखि प्रथम प्रधानसेनापति राष्ट्रिय महिला फुटबल सुरु हुने

Rmi-logo

श्रवण झा/काठमाडौं श्रावण २,श्रावणको दोस्रो साता देखि प्रधानसेनापति प्रथम राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता २०७० सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजना तथाअखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा जङ्गी अड्डाको खेल मैदानमा हुने प्रस्तुत प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी कुल आठ समूहको हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।