शुक्रबार, चैत्र १६, २०८०

प्रवेशिका परिक्षा २०६९ मा भक्तपुर थिमिका विद्यार्थी ७ सय ४८ अंक सहित नेपाल टप भएको दावी

भक्तपुर  ज्येष्ठ २९,२०६९ सालको प्रवेशिका परिक्षामा ग्ल्याडस्टोन एकेडेमी, मध्यपुर थिमिका विद्यार्थी नेपाल टप भएको दावी गरेको छ ।परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशन गरेको नतिजा अनुसार सो विद्यालयका सिम्वोल नं. ०२८३६९० “डि” का छात्रा सरु श्रेष्ठले ९३.५० प्रतिशत 993535_383935108390759_1746185203_nअर्थात ७ सय ४८ अंक प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयका प्रिन्सिपल विनोद कुमार कोइरालाले दावी गरेका छन् ।
सर्वोत्कृष्ट विद्यार्थी श्रेष्ठ सानै देखि मेहेनती र लगनशील भएको भन्दै विद्यालयका प्रिन्सिपल कोइरालाले विद्यार्थी श्रेष्ठले यस वर्षको प्रवेशिका परिक्षामा अनिवार्य अंग्रेजी विषयमा ९७, नेपाली ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिकमा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छिन् ।