शुक्रबार, मंसिर २३, २०७९

चन्दा आतंक : लोकतन्त्रमाथि बलात्कार

खशीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भनेर खुलेआम बदनाम गर्ने कम्युनिष्टहरु त्यही संसदमा छिरे । २०६४ साल चैत २८ को संविधानसभाको निर्वाचनमा सहभागी भए । नेकपा माओवादी सबैभन्दा ठूलो दल बन्यो र लोकतान्त्रिक पद्धति स्वीकार्छु भनेर दिल्लीदेखिवाशिङ्टन सम्म कबुलियत गर्न पुग्यो । 

-राजन कार्की 

काठमाडौं अषाढ १२,इन्द्रको कामुकताको बलात्कारबाट कौमार्य गुमाउन पुगेकी अहिल्यामाथि उल्टै ऋषिको पत्थर भएर बस्नुपरोस् भन्ने सराप थपियो । लामो प्रतिक्षापछि बल्ल भगवान रामको उदय भयो र रामले उनको सराप मोचन गरिदिए । नेपालमाथि हिजो सतीको सराप परेको थियो, ०६३ सालपछि राजनीतिक नेताहरु सरापका रुपमा भार बनेका छन् । डा.रामवरणले सकेनन्, कुन अर्को नेताले रामावतार लेलान् र राजनीतिक सरापबाट नेपाल र नेपालीले मुक्ति पाउलान् ? अहिल्यामाथि जुन प्रकारको अधर्मी बलात्कार भयो, दशवर्षे जनयुद्ध नेपालका सन्दर्भमा ‘तत्कालीन आतंककारी’ माओवादीको त्यस्तै बलात्कार हो, जसको कोपभाजनमा परेर कम्युनिष्ट सरकारकै तथ्याङ्कअनुसार १३ हजार २ सय ७४ मारिएछन्, १२ सय बेपत्ता भएछन् । मारिएकाहरुमध्ये बिभत्स हत्याकाण्डका श्रृङ्खला कति छन् कति रु जनयुद्धकालमा आफूले गरेका अनेकानेक आपत्तिजनक, अमानवीय घटनाका सम्बन्धमा समष्टि जिम्मेवारी बहन गर्नुपर्ने अध्यक्ष प्रचण्डले आजसम्म देशबासीका सामु  घुँडा  टेकेर माफी मागेका छैनन् । माओले पनि ५० देखि ७० को दशकसम्म सांस्कृतिक क्रान्ति गरे तर अन्तमा जनताका सामु  घुँडा टेकैरै माफी मागेका हुन् । माओवादी भनेर परिचय दिन गौरव गर्ने प्रचण्डले माओको जति पनि महानता पछ्याउन सकेनन् । उल्टै केही हप्ता अघि प्रचण्डको अरण्य रोदन सुनियो– देशभित्र र अन्तर्राष्ट्रिय समुदायले मेरो मूल्याङ्कन गरेन, अहिलेसम्म मलाई शान्ति नोबेल पुरस्कार दिइएन । प्रचण्ड शान्ति नोबल पुरस्कारका योग्यता राख्छन् कि राख्दैनन् रु यस्तो प्रमाणपत्र नेपाली जनताले अझै दिइसकेका छैनन् । जनताको पवित्र विश्वास जित्न नसकी अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न सकिएला र ? ‘जसरी पनि चुनाव जित्नु’ र स्वतःस्फूर्त रुपमा जनताको आस्था जित्नुको भिन्नता बुझेको दिन प्रचण्डमा परिवर्तन आउने छ र उनलाई जनविश्वास जित्ने मार्गको आत्मवोध पनि हुनेछ । बुद्धलाई एपेक एफको आर्थिक र प्रभावशाली बन्ने बैयक्तिक लाभका लागि बोक्दैमा बुद्धिष्ट भइदैन रहेछ भन्ने यथार्थ उनले बुझ्नेछन् ।

फ्रान्सको राज्यक्रान्तिबाट समानता, एकता र बन्धुत्वको सुरुआत भयो । नेपालमा रु जनआन्दोलनको सफलतापछि असमानता, जातीय विद्वेषको अनेकताको महामारी सुरुभयो, बन्धुत्व मानसिक हिंसाको सिकार बन्यो । २०६३ साल वैशाख ११ गते राजाले संसद ब्यूँताइदिएपछि ‘खशीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भनेर खुलेआम बदनाम गर्ने कम्युनिष्टहरु त्यही संसदमा छिरे । २०६४ साल चैत २८ को संविधानसभाको निर्वाचनमा सहभागी भए । नेकपा माओवादी सबैभन्दा ठूलो दल बन्यो र लोकतान्त्रिक पद्धति स्वीकार्छु भनेर दिल्लीदेखि वाशिङ्टनसम्म कबुलियत गर्न पुग्यो । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सत्ता छाडेपछि २०६५ साल साउन ३१ गते प्रचण्ड प्रधानमन्त्री बने । प्रधानसेनापति प्रकरणमा नैतिक संकटमा परेपछि २०६६ साल वैशाख २० गते प्रधानमन्त्रीबाट हटेका प्रचण्ड आजसम्म पनि राजनीतिको शिखर पुरुषकै रुपमा छन् । गिरिजाको देहावशानपछि प्रचण्ड आफैले भनेका हुन्– शान्ति र संविधानको बाँकी काम मै पूरा गर्छु । तर, प्रचण्डपछि माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र अहिले प्रचण्डकै सिफारिसमा प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार बनेको छ । यी सबै सरकार कम्युनिष्ट सरकार भन्दा फरक पर्दैन । आफ्नै पार्टीको उपाध्यक्ष डा.बाबुराम सरकार प्रमुख भएका बेलामा संविधानसभा बिघटन गरियो । संविधान बन्न नसक्नु भनेको समानता, एकता र बन्धुत्व समाप्त भएर हो । २०७० साल असार ४ गते बिराटनगर पुगेर प्रचण्डले थक्क थक्क मान्दै यसरी आत्मालोचन गरेको सुनियो– गिरिजाबाबुलाई राष्ट्रपति अस्वीकार गरेर गल्ती भएछ । कटवाल प्रकरणमा पनि भूल भएकै हो । अर्थात् हतारमा गल्ती गरेर फुर्सदमा पछुताउ गर्दा, समयले कुरेन । समय घड्कियो । प्रचण्डसंग देश निर्माण गर्ने नैतिक ताकत कतिबेला स्खलन भइसकेछ, उनले पत्तै पाएनछन् ।

राष्ट्रको मुटु भनेको ‘इमान’ हो । जनआन्दोलनपछिका कुनै पनि शासनकालमा इमानअनुसार काम हुनसकेन । बेइमानी प्रदूषण नेताहरुको धर्म बन्यो । राष्ट्रको मुटु स्वस्थ हुनसकेन । नैतिकता नभएको नेताले सञ्चालन गरेको राष्ट्र वर्षायामको कृष्णभीरजस्तै हो । जुन बिस्तारै बिस्तारै पहिरोको रुपमा खस्किदै, लस्किदै तल तल झरिरहन्छ । हाम्रो देश पनि असफल राष्ट्रको कोटीमा पुगिसकेको छ । अहिले आएको बाढी पहिरोको अत्यासलाग्दो बितण्डा र ०६३ सालदेखि नेततन्त्रले ल्याएको राजनीतिक कोपभाजन उस्तै उस्तै हो । यसको पीडा अचानो बनेका जनता र राष्ट्रको छिया छिया भएको छाती हेरे पुग्छ । लोकतन्त्रको सुन्दरता भनेको ‘नियत’ हो । लोकतन्त्रका एकजना नेतामा पनि सफा नियत देखिएन । नियत खराव राखेर चलेको राजनीति र सरकार कसरी सुन्दर हुनसक्छ रु राजनीति नगरपालिकाको कन्टेनरभन्दा गन्दा हुनपुगेको छ । भनिन्छ, नेता हार्दा देश हार्छ, नेपाली हार्दा नेपाल हार्छ । हामी र हाम्रो देश नेताकै कारण हार्दै गइरहेका छौं । देश र जनतास“ग सबैथोक छ, तर देश र जनताका लागि केही पनि छैन । जनताजति टाट र नेताजति भाट स्थितिमा छौं । एक्काइसौं शताब्दीमा पनि खराव नेताले कसरी देश बर्बाद पार्छ भन्ने जल्दोबल्दो दृष्टान्त बनेको छ नेपाल ।
हिजोसम्म गोर्खा भर्तिका रुपमा मर्सिनरी सोल्जर्सले बदनाम थियौं, आज मर्सिनरी नेताका नामले बदनाम हुँदैछौं । बराहले उधिनेझैं समाजका स्थापित मान्यताहरु उधिनेर बिध्वंश गर्ने तर निर्माण गर्न नसक्नेहरु शान्तिका कुरा गर्छन्, बुद्धलाई बोकेको झा“की देखाउँछन्, हिंसा त्यागेको र एकतामार्गमा हिंडेको महानतम उदाहरण देखाउन सक्दैनन् । भाषणमा शान्ति बगारेर व्यवहारमा हिंसा उराल्छन् । हो, १० वर्ष लामो जनयुद्ध र १९ दिने जनआन्दोलनमा सहभागी भएका प्रचण्डलँई प्रतिस्पर्धी लोकतान्त्रिक राजनीतिमा बिस्मार्कको छाया“छविका रुपमा जनताले हेरेकै हुन् । तर, प्रचण्डलाई उनकै सहयात्री साथीहरु आज भारतको दलाल, राष्ट्रघाती, जनघातीको आरोप लगाइरहेका छन् । अनि जनताले कसरी विश्वास गर्ने रु अन्तर्राष्ट्रिय समुदाय कसरी विश्वस्त हुनसक्छ र प्रचण्डलाई शान्ति नोबेल पुरस्कार दिन पाए हुन्थ्यो भनेर लालायित हुन्छ रु अरु दलहरु त बोकाले दार्इ हुने भए गोरु किन चाहिन्थ्यो र रु’ भन्ने लोकोक्तिका पात्रका रुपमा सिमित हुनपुगेका छन् ।

नेताहरु मिलेर र पहिलो संविधानसभाले गरेको गणतन्त्र कार्यान्वयन र धर्मनिरपेक्ष राष्ट्रको घोषणा कुनै पनि दृष्टिबाट सफल हुनसकेन । संविधानसभा बिघटन र चुनाव जितेका नेताहरु असफल भइसकेपछि त्यसको बैधानिकतामा प्रश्न उठिसकेको छ । १९०३ को रक्तपातपूणै कोतपर्वले १०४ वर्ष लामो जंगे शासन चलायो । २०६५ साल जेठ १५ को गणतन्त्र घोषणाले त्यस्तो अवसर कसैलाई प्राप्त नभए पनि देशका लागि त्यो दाग पश्चाताप हुन थालेको छ । यतिखेर पूर्वराजाको सम्मानमा मध्य तराई–मधेसमा गुञ्जिरहेको ‘राजतन्त्र जिन्दावाद’ त्यसैको प्रतिध्वनि हो भन्न सकिन्छ । जसरी पृथ्वीराज चौहानको रिसको झोक मार्न जयचन्दले विदेशी महोमद गोरीलाई भारत पस्ने ढोका खोलिदिए, ठिक त्यसै गरेर राजतन्त्रको शेखी झार्न र मेख मार्न लोकतन्त्रका मुखुण्डो लगाएका मुनाफाखोर नेताहरुले राजतन्त्र समाप्त पारे, धर्मनिरपेक्ष घोषणा गरे, विदेशीलाई चलखेल गर्ने खुला छुट दिए । यथार्थ यही हो । नेताहरुले खुट्टाले अहंकारमा टेके, विदेशी शक्तिमा अडेस लागेको बिगतको ७ वर्ष विदेशीलाई प्रभाव बढाउन निकै फलदायी कालखण्ड शिद्ध भयो । कुवेर शर्माले आफ्नो कितावमा लेखेका छन्– कुनै दिन भारतीय राजदूत श्रीमन नारायणले सम्बन्ध सुधार्न महेन्द्रको आरती उतारेका थिए । आज लोकतन्त्रका नेताहरु भारतीय राजदूतलाई खुशी पार्न दौडादौड गरिरहेका छन् । परालखुट्टे लोकतान्त्रिक नेताहरुको हैसियत जान्न बुझ्नेका लागि यो उदाहरण पर्याप्त हुनेछ र प्रश्न छ, हाम्रा नेताहरुले आफ्नै धर्ती र आफ्नै खुट्टामा टेकेर उभिने दिन कहिले आउला ? स्वाधीनता र पहिचानका मुद्दा उठाउनेहरुले आफुले कहाँ टेकेको छु भनेर हेक्का राखेका छन् ?

संविधानसभाको दोस्रो निर्वाचनको मिति मंसिर ४ का लागि तय भएको छ । प्रचण्ड र चार दलीय सिण्डिकेटका सदस्यहरु सा“च्चै लोकतान्त्रिकरणमा विश्वास राख्छन् भने तिनले असन्तुष्ट ४२ दलहरुलाई सर्त तेस्र्याउने अथवा कुनै दललाई निषेध गरेर आफ्नो महत्व स्थापित गर्ने बेला होइन यो । आफूले टेकेको आधार हेर्ने बेला हो यो रु जसरी पनि सामुहिक सहमतिमा पुग्ने र निर्वाचनलाई सहज पार्न खोज्नुपर्छ । जनतास“ग मत माग्नु पार्टीहरुको कर्तव्य हो तर ‘जसरी पनि चुनाव जित्ने र दुईतिहाईले जित्ने’ दावी गर्नु अतिशयोक्ति हो । वाईसीएललाई सक्रिय पार्नु, उत्पादन ब्रिगेड भनेर समानान्तर सुरक्षाकर्मी खडा गर्नु, गुण्डागर्दीलाई प्रोत्साहन गर्नु अथवा बाहुबली वा डन लगाएर चन्दा आतंक फैलाउनु भनेको लोकतान्त्रिक हुनैसक्दैन । चाहे कांग्रेस, एमाले, मधेसी मोर्चा, नेकपा–माओवादी वा एमाओवादीले चन्दा आतंक फैलाएको होस्, यस्तो आतंक भनेको राष्ट्रघात नै हो । यस्ता आतंकले भएका उद्यम, व्यवसायको जरा काटिन्छ, पुँजी विदेश पलायन हुन्छ । रोजगारी नष्ट गरेर बेरोजगारलाई हिंसा, लूट, अपराधतिर उन्मुख गराउन अथवा डनमार्फत चन्दा आतंक फैलाउनु भनेको नेपालका सन्दर्भमा लस्करे तोयवा, अलकायदा भनेको यही हो । चन्दा पार्टीले उठाउने हो, दिनेले स्वविवेकले दिने हो । चन्दा उठ्तीलाई हप्ता उठाएझैं आतंककै रुपमा उठाउनुमा राजनीतिक दलहरु नै दोषी छन् । यसको जिम्मेवारी दल र दलका नेताहरुले लिनुपर्छ । कुनै पनि प्रकारको आतंक फैलाएर नयाँ नेपाल, नयाँ संविधान निर्माण हुन सक्दैन । फिजीका महेन्द्र चौधरी नबन्ने हो र नेपाली हुँ, नेपाल मेरो देश भन्ने हो भने सबै राजनीतिक दलहरुले सामुहिक सहमति र शान्तिपूर्ण मार्ग अवलम्बन गर्नैपर्छ । विदेशी प्यादा, हिंसा र अपराधको संरक्षकको आक्षेपबाट मुक्त हुनैपर्छ । यो आरोपपत्र होइन, आम नेपाली नागरिकको हैसियतमा गरिएको हार्दिक आग्रहमात्र हो ।

प्रतिक्रियाका लागिः  rajan1956karki@yahoo.com