शनिबार, मंसिर १७, २०७९

अभाव, दवाव र प्रभावका वावजुद पनि विशेष स्कुल तथा पुन:स्थापना केन्द्रलाई गतिशिल तुल्याउँन सक्रिय सविता

समग्रमा भन्नुपर्दा समाजसेवा, लेखन तथा भ्रमणका अनुरागी सविता साधारण परिवारमा जन्मेर पनि ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’जस्तो उद्देश्य बोकेर आफ्नो कर्मक्षेत्रमा निरन्तर लागी पर्दै आईरहकी छिन ।

काठमाडौं आषाढ  १, सबिता उप्रेती शारिरीक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका लागि विशेष उपचार सहितको विशेष शिक्षा प्रदान गर्न स्थापना भएको बालबालिकाको लागि विशेष स्कुल तथा पुनस्थापना केन्द्र (Special School for Disabled and Rehabilitation Center-SSDRC _MG_9420_road photographyका प्रमुख कार्यकारी निर्देशक तथा संस्थापक हुनुहुन्छ । पुरानो सिनामङ्गल स्थित यो स्कुल  शारिरीक  तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको क्षेत्रमा क्रियासिल भएकै कारण ढिलै भएपनि दिनानुदिन यसको गरिमा एवम् आवश्यकता सर्वत्र गरिदै छ । त्यसमाथि पनि यहाँ उपचार सहितको शिक्षा प्रदान गरी बौद्धिक अपाङ्गता भएका बालबालिकालाई समाजमा पुनःस्थापित गराउन महत्वपूर्ण भूमिका निवार्ह गर्दै अविराम क्रियासिल रहि सविताले अभाव,दवाव र प्रभावका वावजुद पनि विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई गतिशिल तुल्याउँन हरसंभव प्रयास गर्दै आईरहेकी छिन । यसरी सविताको कार्यकुशलतालाई हेर्ने हो भने समग्रमा राज्यले आफ्नो नागरिकप्रति गर्नु पर्ने दायित्व व्यक्तिगतरुपमा बहन गर्दै आएकी छिन भन्दा पनी कुनै शंकोच मान्नु पर्ने अवस्था छैन ।

              दोलखाको नाम्दु गाविस, वडा नम्बर १ स्थायी घर भएकी सविता राजधानी देखि दुरदराजमा रहेका विभिन्न सस्थामा समेत आवद्ध रहदै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक तथा समाजशास्त्र विषयमा स्नाकोत्तर सम्मको अध्ययन  पूरा गरेकि छिन । उनि हाल राष्ट्रिय पत्रिका ‘सौर्य दैनिक’ को सञ्चालक समितिका सदस्य रहेकि छीन । समग्रमा भन्नुपर्दा समाजसेवा, लेखन तथा भ्रमणका अनुरागी सविता साधारण परिवारमा जन्मेर पनि ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ जस्तो उद्देश्य बोकेर आफ्नो कर्मक्षेत्रमा निरन्तर लागी पर्दै आईरहकी छिन । यहाँ स्मरणीय पक्ष त के छ भने बालबालिकाका क्षेत्रमा क्रियाशिल संस्था र त्यसका प्रतिनिधीहरुलाई डलर खेतीको उपमाबाट सम्बोधन गर्ने हाम्रो समाजको नियतिलाई चिर्दै अभाव ,दवाव र प्रभावबाट पिल्संदै आईरहेकी छिन । यसै शिलसिलामा बालबालिकाको लागि विशेष स्कुल तथा पुनस्थापना केन्द लगायतका प्रसंगमा केन्द्रीत रहेर सवितासँग गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।

समाजसेवा विशेषत अपाङ्गता भएका बालबालिकाको सेवामा खटिने पे्ररणा कसरी प्राप्त भयो ?

_MG_9394_road photographyप्रेरणा भन्ने कुरा कुनै व्यक्ति र बस्तुमा भन्दा पनि हामी आफैंमा भर पर्ने कुरा हो । लिन जान्यो भने संसारका हरेक बस्तुबाट हामीले प्रेरणा लिन सक्छौं । भनिन्छ नि, गधा र कुकुरबाट पनि हामी धैर्य र इमान्दारीको प्रेरणा लिन सक्छौं । प्रेरणा लिनसक्ने खुबी हाम्रो संस्कारबाट आउने हो । जु मलाई मेरो परिवारले दिएको छ । समाजसेवा भित्र पनि अपाङ्गता भएकै बालबालिकाका लागि काम गर्ने इच्छा चाँहि उनीहरूमा भएको साहस देखेर नै हो । मलाई अपाङ्गता भएका व्यक्तिहरू संसारकै सर्वाधिक साहसिक व्यक्ति जस्तो लाग्छ । यस्ता साहसी व्यक्तिलाई थोरै पनि सिर्जनात्मक बाटो दिन सकेमा समाजलाई सुन्दर बनाउन सकिन्थ्यो कि भनेरै मैले यो बाटो रोजेको हो ।

तपाई सानो छदाँ भएको कुनै रमाइलो घटना ?
सानै देखि म अरुको दुःख देख्न सक्दिनथेँ । घरमा दुःख गरेर आमाले राखेको खानेकुराहरू निकालेर गाउँका गरिब मानिसहरूलाई दिन्थें । यसै क्रममा एक दिन मैले आमालाई सोधरै मेरी एकजना साथीलाई बदाम दिएकी थिएँ । आमाले २ माना दिनु भन्नुभएको थियो तर मैले झण्डै ३ पाथी जति दिएछु । आमाले थाहा पाउनु भयो र मलाई गाली गर्दै एक झप्पड हान्नु भयो । मलाई साह्रै चित्त दुख्यो र मर्न भनेर घर नजिकैको जंगलतिर दौडिएँ । जङ्लमा भीर र पहराहरू थिए । सबभन्दा ठूलो कुरा त्यहाँ बाघ आउँछ भन्ने हल्ला थियो । म जङ्गल पुगें । बाटोमा अमलाको रुख देखियो । रुखमा चढेर केही अमला टिपेँ । एक दुईवटालाई मुखमा हालेँ, बाँकीलाई खल्तीमा घुसारेँ । त्यसपछि जङ्गलको बिचोबीच एउटा ठूलो ढुँगोमा बसेर रुँदै रुँदै अमला खान थालेँ । मुखमा भएको अमलाको स्वाद अमलाकै हो कि मेरो आँसुको थियो पत्तै पाइन । आँसुको स्वाद त नुनिलो हुनुपर्ने हो आज टर्रो भएछ !
ढुंगामाथि बसिराखेको एकाध मिनेट पनि भएको थिएन नजिकैबाट ग्वार्र ग्वार्र आवाज आयो । यस्तो आवाज भएको बाघ बाहेक अरु के हुन्थ्यो ? डरले मेरो सातो गयो । दगुर्दै घरतिर हानिएँ । दौडिदाँ दौडिदाँ बीचमा पर्ने हाते खोला कसरी तरेँ पत्तै पाइन् । खोला पारीपुगेर अग्लो ढुँगामा चढेर पारीपट्टी हेरेँ ः बाघ कहाँ आइपुग्यो भनेर । बाघ कहाँ हुनु नि त्यो, बाबा पो हुनुहुँदो रहेछ । म छक्क परेँ । मर्न भनेर हिडेकी केटी बाघको डरले फर्किएँ । घर पुगेपछि आमाले झन् माया गर्नुभयो र मलाई अरुको सेवा गर्न हौसला पो दिनुभयो !

एस.एस.डि.आ.सी कस्तो संस्था हो र यसको सुरुवात कहिले र कसरी भयो ? 

एस.एस.डि.आ.सी एक गैरसरकारी संस्था हो । यस संस्थामा शारिरीक तथा बौद्धिक अपाङ्गता भएका ३ देखि १८ बर्षका बालबालिकालाई विशेष शिक्षा दिइन्छ । उनीहरूको अपाङ्गताको प्रकृति पहिचान गरी छुट्टै पाठ्याक्रम निर्धारण गरिन्छ र सोही अनुसार विशेष प्रणालीद्वांरा अध्यापन गराईन्छ । यसका अलावा  नियमित रुपमा दैनिक क्रियाकलाप जस्तै खाने, बाथरुमको प्रयोग गर्ने आदिको तालिम दिइन्छ । साथै आवश्यकता अनुरुपका थेरापीबाट शारिरीक तथा बौद्धिक रुपमा सक्षम बनाउने प्रयास गरिन्छ । शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हो । तर अपाङ्गता भएका बालबालिकालाई  यो वा त्यो वहानामा शिक्षा प्राप्त गर्नबाट बञ्चित गराइन्छन् । विकसित मुलुकमा उनीहरूका लागि विशेष शिक्षाको व्यवस्था हुने भए पनि नेपालमा यससम्बन्धमा खासै व्यवस्था छैन । दृष्टि विहिन र श्रवणशक्ति विहिनबाहेकका अन्य अपाङ्गता भएकाहरूले साधारण स्कुलमा नै पढ्नु पर्ने वाध्यता छ । कतिपय विद्यालयले यस्ता बालबालिकालाई भर्ना लिन समेत हिच्किचाउँछन्, प्रायः लिँदैनन् । लिइहाले पनि अपाङ्ग मैत्री नहुने त्यस्ता विद्यालयमा उनीहरूको विकास भन्दा पनि जटिलता थपिने बाहेक अरु केही देखिँदेन । त्यहाँ उनीहरूको विशेष हेरचाह नहुने, एउटै कक्षामा धेरै बर्ष बस्नु पर्ने, नियमित थेरापीहरू नहुने हुँदा उनीहरूमा झन् नकरात्मक प्रभाव पर्न जाने हुन्छ । यसरी अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा दिलाउन धेरै खालका समस्या र चुनौतीहरूको पहिचान गरेर त्यसको समाधानको लागि यस विशेष स्कुलको स्थापना गरिएको हो ।

एस.एस.डि.आ.सी का वर्तमान अवस्था कस्तो छ ? यसबाट लाभान्वित विद्यार्थीहरूको कति र कस्ता छन् ? संस्थाको जटिल आर्थिक पाटोलाई कसरी व्यवस्थित गर्दै आउँनु भएको छ ?
अहिले एस.एस.डि.आ.सी मा ३० जना बालबालिका छन् । मासिक रुपमा थपिने क्रम पनि छ । संस्थाको आर्थिक पाटो बाहेक अरु सबै सेवाहरू व्यवस्थित र गुणात्मक छन् । दाताहरुको अभाबले आर्थिक पाटो कमजोर भएता पनि बालबालिकाहरुमा आएको शारिरीक र बौद्धिक रुपमा आएको सुधार हाम्रो टीमको आत्मसन्तुष्टीको पाटो रहेको छ । शारिरीक रुपमा अपाङ्गता, मस्तिष्क पक्षघात भएका, बोल्न नसक्ने, अटिज्म्, डाउन सिन्ड्रम तथा लर्निङ डिजाविलिटी र विह्यावोर प्रोव्लम् भएका बालबालिकाहरू (जुन साधारण स्कुलमा साधारण बालबालिकाहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन्) लाई एस.एस.डि.आ.सी मा भर्ना लिइ फिजियोथेरापी, स्पीच थेरापी, स्पर्श थेरापी, अकुप्रेशनल थेरापी, आईक्यु टेस्ट तथा नियमित चेकअप गराई विशेष प्रणाली तथा कम्प्युटर श्रव्यदृव्य प्रविधिबाट शिक्षा दिइन्छ । खानेकुरामा पनि साधारण बच्चाबच्चीभन्दा केही फरक र विशेष ध्यान दिनुपर्ने भएकोले खाना तथा खाजा पनि स्कुलमा नै व्यवस्था गरिएको छ ।

विशेष स्कुलका समस्या वा चुनौतीहरू के के छन् ?
चुनौति जीवनका उर्जाहरू हुन् । बिना चुनौतिको काममा सुन्दरता र उत्साह हुँदैन । हाम्रौ सबैभन्दा ठूलो चुनौति भनेको जनचेतनाको अभाव नै हो । अपाङ्गता भएका बालबालिकालाई पनि विशेष शिक्षा र उपचारबाट स्वाभलम्बी बनाउन सकिन्छ भन्ने विश्वास आम मानिसमा रहेको पाइदैन । कतिलाई यस्तो संस्था पनि छ भन्ने जानकारी नै छैन । भएकाहरूबाट पनि विश्वास जित्न कठिन छ । यस्ता बालबालिकाको विकासको नतिजा कतिको चाँडो निस्कन्छ, कतिको ढिलो निस्कन्छ र कतिमा त यस्तो विकास अति न्युन पनि हुन्छ । कतिपय अभिभावकहरू यस्तो कुरा बुभ्mदैनन् । अभिभावकलाई पनि हामी परामर्श दिन्छौं । तर पनि मानिसमा रहेको परम्परागत सोचलाई परिवर्तन गर्नु वास्तवमै चुनौतिपूर्ण हुनजान्छ । कतिपय अवस्थामा त मन दु_MG_9404_road photographyख्ने गरी आरोपहरू पनि आउँछन् । अब त चुनौतिसँग खेल्ने बानी नै परिसक्यो ।
एस.एस.डि.आ.सी प्रति समाज र राज्यको धारणा कस्तो रहेको छ ?
अझै पनि अपाङ्गता भएका व्यक्तिलाई यो समाज र राज्यले तेस्रो दर्जामा राखेको छ । अझै पनि पूर्वजन्मको पापले गर्दा यस्तो भएको हो भन्ने रुढिवादी सोच राख्छन् । समाजका कतिपय शिक्षित व्यक्तिहरूले पनि यस्ता बालबालिकालाई कोठाभित्र थुनेर राख्ने र पशु सरह व्यवहार गर्नेगर्छन् । अपाङ्गता भएकाहरूलाई माया र अवसर दिनुको साटो दया र ‘कठै बरा ! शब्दले निरुत्साहित पार्ने प्रकारको व्यवहार गरिन्छ । राज्यको ध्यान यता तर्फ गएको छैन । अरु त के कुरा अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क पनि उपलब्ध छैन यो मुलुकमा ।

एस.एस.डि.आ.सी.मा अपाङ्गता भएका बालबालिकाले नयाँ जीवन पाउँछन् भनिन्छ । यस्ता केही बालबालिको उदाहरण दिनुहोस् न जसबाट यस्तै समस्यबाट पीडित रहेका अन्य बालबालिका तथा अभिभावकले जीवनोपयोगी प्रेरणा पाउन सकुन् ।

मैले अगाडि  पनि भनिसकें अपाङ्गता भएका बालबालिकाहरूमा फरक क्षमता रहेको हुन्छ । उनीहरूमध्ये कतिमा अति चाँडो, कतिमा अति ढिलो र केहीमा भने नगन्य मात्र प्रगती भएको देखिन्छ । प्रगती र जीवन फरक कुरा हुन् । हामी गर्व साथ भन्न सक्छौं कि यस्ता बालबालिकाले हाम्रो स्कुलबाट नयाँ जीवन पाएका छन् । कतिपय बालबालिकाहरूले साधारण स्कुलमा पुनस्थापित भएर साधारण बालबालिकासँग पढ्न र प्रतिस्पर्धा गर्न सक्ने समेत भएका छन् । यसका केही उदाहरण हामीसँग छन् । एस.एस.डि.आ.सी मा आउँदा प्रज्वल खनाल १० बर्षका थिए । उनी दोहोरो बोल्न सक्दैनथे । कुपोषणका विरामी थिए । विशेष स्कुल तथा पुनस्थापना केन्दको सेवाले उनीमा परिवर्तन देखायो, निकै छोटो समयमा । उनको शारिरीक विकासले गति लिन थाल्यो र उनले दोहोरो बोल्न थाले । पढ्नमा उनको रुचि बढ्न थाल्यो । स्कुल जान पर्दा रुने उनी अब बिदामा स्कुल जान नपाउँदा रुन थाले । एकै बर्षको बिशेष शिक्षाले उनले पाएको पूर्नजीवनले अभिभावक ज्यादै खुसी भए । आज उनी साधारण स्कुलमा पुनस्र्थापित भएका छन् र राम्रो नतिजा दिइराखेका छन् । अवसरले नै मान्छेलाई सक्षम र समान बनाउँछ भन्ने कुरा हामी प्रज्वलबाट सिक्न सक्छौं ।
प्रविन सुनुवार अर्का बालक थिए । आठ बर्षका, एकदम गरिब परिवारका । उनी शारिरीक रुपमा सक्षम भए पनि बौद्धिक रुपमा अपाङ्गता थिए । उनलाई घरको खाटमा खुट्टामा डोरीले बाँधेर राखिन्थ्यो । एक जना विदेशीको सहयोगमा उनी विशेष स्कुल तथा पुनस्थापना केन्दमा आए । उनमा बोली थिएन, विह्याभोरल प्रोब्लम् थियो र दिनमा १० पटकसम्म बेहोस हुन्थे । विभिन्न थेरापी र स्याहार सुसार गरियो । उनको मुहारमा कहिल्यै मुस्कान थिएन, क्क्म्च्ऋ मा उनलाई बिभिन्न खेलमा सरिक गराइयो । उनले मुस्कुराउन सिके । उनले जीवनमा अर्थ खोज्न सिके । अहिले उनी दोहोरो बोल्न सक्छन्, साथीभाईको नाम बोलाउन सक्छन् । प्रविन आजभोली नाच्छन्, गाउँछन्, उफ्रिन्छन्, खेल्छन्, दौडन्छन् । बास्तवमा उनी बग्रैचाका पुतली जस्तै भएका छन् । अचेल उनी मूर्छा पनि पर्दैनन् । आफू अनुकुल वातावरण पाएपछि उनी दङ्ग छन्, बेलुका घर जानै मान्दैनन् । उनको परिवर्तनले हामीलाई थप उर्जा र साहस प्रदान गरेका छ ।
अन्त्यमा ……. ?
जीवनको सबैभनदा ठूलो गहना संस्कार हो । संस्कारले मानिसलाई सफल बनाउने बाटो देखाउँछ । परिवार, समाज, देश र समग्र मानवजातीको हितको लागि काम गर्न उत्साहित गर्ने भनेकै संस्कारले हो । अपाङ्ग वा सवलाङ्ग, हामी सबैले शारिरीक वा बौद्धिक श्रम गरेर आफ्नो खुट्टा उभिन सक्छौं, खुट्टा अझ बलियो भएमा अरुलाई पनि सहारा र सहयोग गर्न सक्छौं । जीवनको बास्तविक सफलता आफू मात्रै उभिएर हुँदैन अरुलाई पनि तिनकै खुट्टामा उभिन सकिने बनाउन सकेमा मात्र पुरा हुन्छ । बौद्धिक अपाङ्गता भएका मानिसलाई त आफू को हुँ, मेरो दायित्व के हो ? थाहै हुँदैन । उनीहरूलाई जीवनको महशुस नै हुँदैन । यस्ता बालबालिकालाई जीवन दिन सके, जीवनको अर्थ सिकाउन सके, सक्षम र स्वाभलम्वी बनाउन सके मात्र हाम्रो दायित्व पुरा हुन्छ । मान्छे भएर जन्मेको अर्थ हुन्छ । यस्ता बालबालिकालाई अरुको भन्दा माया, स्याहार र अवसरको खाँचो हुन्छ । हाम्रो समाजमा भएका सबै अपाङ्गता भएका मानिसप्रति हामीले यस्तै भावना राख्न सक्नु पर्छ ।